spot_img
spot_img
spot_img

नेपााल मगर संघको ४१ औं स्थापना दिवस भव्यता साथ सम्पन्न

spot_img

कञ्चन ।

रुपन्देहीको कञ्चन गाउपालिकामा नेपाल मगर संघको ४१ औं स्थापना दिवस भव्यताका साथ सम्पन्न भएको छ। बि।सं। २०३९ साल फागुन १५ गते स्वर्गिय हेम बहादुर पुनको नेतृत्वमा स्थापना भएको नेपाल मगर संघको स्थापन दिवसलाई मगर समुदायले बिशेष पर्वको रुपमा मनाउदै आएका छन। यसै सन्दर्भमा नेपाल मगर संघ, कञ्चन गाउँ समितिले कञ्चन गाउपालिका वडा नं.  १ स्थित जनज्योती माध्यमिक बिद्यालयको खेल मैदानमा विविध कार्यक्रम गरी भव्यताका साथ स्थापना दिवस मनाएको हो।

नेपाल मगर संघको ४१ औं स्थापना दिवसको मुख्य समारोहलाई सम्बोधन गर्दै कञ्चन गाउपालिकाका अध्यक्ष नवराज ढकालले बहुजातिय, बहुसांस्कृतिक तथा बहु धार्मिक समेत रहेको कञ्चनमा मगर र थारु समुदायको बाहुल्यता रहेको र ती जातीहरुको सम्मानका लागि मगर र थारु भाषामा कञ्चन गाउपालिकाको स्थानीय बडापत्र लेखिन लागेको स्पष्ट पार्नु भयो। कञ्चनमा रहेका बिभिन्न जाती, भाषा धर्म र संस्कृतिको संरक्षण गर्ने जिम्मेवारी समेत गाउँपालिकाको रहेको उल्लेख गर्दै अध्यक्ष ढकालले समाज बिकास क्रममको भएका मानव जातीको अस्तित्वलाई जिवन्त बनाउन गरिएका प्रयासहरु मध्ये बिभिन्न जातीको भाषा, संस्कृति र धर्म पनि एक महत्वपुर्ण पक्ष भएको बताउनुभयो।

यसैगरी उपाध्यक्ष मौसमी थापा मगरले कञ्चनमा रहेका बहुसंख्यक जाती र उनिहरुको भाषा, संस्कृतिको संरक्षण र उनिहरुको अस्तित्वका लागि गाउपालिकाले बिशेष कार्ययोजना बनाएर अगाडी बढ्ने बताउनु भयो। मगर जातीको भाषा र संस्कृतिको संरक्षण र अस्तित्वका लागि तत्कालिन अगुवाहरुको बलिदानीपुर्ण संघर्षबाट स्थापना गरिएको संघको स्थापना दिवस तथा फागुन १५ मगर समुदायको बिशेष दिन समेत भएको उपाध्यक्ष थापा मगरले बताउनु भयो।
गाउापालिकाका निवर्तमान अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले बहुसंख्यक स्थानीय जाती, भाषा र संस्ृकतिको उत्थानका लागि आफ्नो नेतृत्वमा रहेको स्थानीय तहले महत्वका साथ काम गरेको बताउनभयो। कञ्चन गाउपालिकामा रहेका बहुसंख्या मगर र थारु समुदायको जातीय, भाषा र संस्ृकतिको उत्थानका लागि भैसाहीमा थारु संग्राहलय र सुन्दरनगर टोलमा मगर संग्राहलय भवन निर्माणका लागि बजेट व्यबस्थापन गरेको समेत निवर्तमान अध्यक्ष क्षेत्रीले स्मरण गराउनुभयो।

कार्यक्रममा नेपाल मगर संघ, लुम्बिनी प्रदेश सदस्य अरुण दर्लामी, नेपाल मगर संघ, कञ्चनका सल्लाहकार भैरब बहादुर थापाले स्थानीय, प्रदेश र संघिय सरकारले मगर जातीको अस्तित्वलाई नजर अन्दाज गरेको आरोप लगाउनु भयो। देशमा करिब ४० प्रतिशत भन्दा बढी संख्या भएको मगर जातीको उत्सवको दिन फागनु १५लाई सार्वजनिक बिदा दिन नदिनु र तत्कालिन जहाँनिया राणा शासनका बिरुद्ध पहिलो आवाज उठाउदा जंग बहादुर राणाले फाँसी दिएर हत्या गरेका प्रथम शहिद लखन थापालाई प्रथम शहिदको रुपमा स्विकार नगर्नु भनेको जातीय बिभेद र एकल ब्राह्मणबादी सत्ताको उन्माद भएको समेत वक्ताहरुले अरोप लगाउनुभयो।

नेपाल मगर संघ, कञ्चन गाउ समितिका अध्यक्ष कविराज काउचा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पुरुष तथा महिला भलिवल प्रतियोगिता, कुर्ची दौड, शटपुट, तानडोरी, नृत्य प्रतियोगिता समेत संचालन गरिएको थियो। यस्तै मगर समदायको संस्कृति झल्किने परमपरागत बिभिन्न सामाग्रीहरुको समेत प्रदर्शन गरिएको कार्यक्रममा संघका उपाध्यक्ष थम बहादुर सिंजालीले स्वागत मन्तब्य ब्यक्त गर्दै अन्य स्थानीय तहहरुले फागनु १५ का दिन सावैजनिक बिदा गरिरहदा कञ्चन गाउपालिकाले नियतवस नै बेवास्ता गरि मगर संघको स्थापन भएको ऐतिहासिक दिन फागनु १५ का दिन सार्वजनिक बिदा नदिएको आरोप लगाउनुभयो। नेपाल मगर संघ, कञ्चनका सचिव मन बहादुर थापा र धनसिहं रानाले संचालन गर्नु भएको कार्यक्रममा कञ्चनका मगर तथा अन्य समुदायबाट पनि उतसाहजनक उपस्थिती रहेको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img