काठमाडौँ ।
आठ दलीय गठबन्धनले आजदेखि राष्ट्रपति निर्वाचन लक्षित प्रदेशस्तरीय अभिमुखीकरण (प्रशिक्षण) कार्यक्रम सुरु हुदैछ। बिहीबार संघीय सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गरेको गठबन्धनले आज बाग्मती प्रदेश सभाका सदस्यका लागि अभिमुखीकरण कार्यक्रम आनन्द इभेन्ट नयाँबानेश्वरमा दिउँसो १ बजे गर्ने नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको छ ।
कार्यक्रममा गठबन्धनका नेताहरुले सम्बोधन गर्नेछन् । आठ दलीय गठबन्धनको औचित्यबारे बोल्दै राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलको पक्षमा मत माग्न उद्देश्यले उनीहरुले यो कार्यक्रम आयोजना गरेका हुन। फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार छन्।