spot_img
spot_img
spot_img

माओवादीले देश र जनताको हकहितमा सधै काम गर्छ : मौलाना मशहूद

spot_img

अजय मिश्र , कपिलवस्तु।

नेकपा माओवादी केन्द्र कृष्णनगर नगर कमिटीको नगर बैठक तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। नेकपा माओवादी केन्द्र कृष्णनगर नगर अध्यक्ष जाबेद आलम खाँको अध्यक्षता, प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य कमल चुदाली, विशिष्ट अतिथिमा नेकपा माओवादी केन्द्र कपिलवस्तु जिल्ला संयोजक बिष्णु बेल्वासे, नेकपा माओवादी केन्द्र कपिलवस्तु जिल्ला सचिव हजरत अली खान,नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेश सदस्य मौलाना मशहूद खां नेपाली, नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य तथा निर्वाचन क्षेत्रीय संयोजक राजेन्द्र आचार्य, उद्योग व्यापार संघ जिल्ला उपाध्यक्ष तथा शिवराज नपा वडा नं ७ प्रतिनिधि भरत पोख्रेल लगायत रहेका थिए ।

कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य मौलाना मशहूद खां नेपालीले आजको गणतंत्र र धर्म निरपेक्ष राष्ट्र निर्माणमा जनयुद्ध तथा सहिदहरूको योगदान अविस्मरणीय रहने बताउदै सहिदहरूको योगदानको सधै कदर गर्दै पार्टी देश र जनताको हकहितमा सधै काम गर्ने बताउनुभयो । कार्यक्रममा बोल्दै बिष्णु बेल्वासेले पार्टीका साथीहरूलाई भ्रष्टाचारका बिरूद्ध जोडदार रूपमा आवाज उठाउन आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्दै हजरत अलीले देशको विकासमा लाग्न सम्पूर्ण पार्टीका साथीहरूलाई आग्रह गर्नुभयो । कार्यक्रममा अनुप चौधरी, नूर मोहम्मद खान, प्रहलाद यादव, शाहिद खान, तोफेल खां, जगनारायण कलवार, शवनमम खातुन लगायत नगर कमिटी सदस्य तथा नेकपा माओबादी केन्द्र पार्टी समर्थक हरूको उपस्थित रहेको थियो । नेकपा माओबादी केन्द्र कृष्णनगर नगर कमिटी सचिव गणेश बन्जाडेले कार्यक्रम संचालन गरेका थिए ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img