spot_img
spot_img
spot_img

देवदहमा स्वामी विवेकानन्द संस्कृति ज्ञान परिक्षा सम्पन्न

spot_img

देवदह ।

रुपन्देहीको देवदहमा स्वामी विवेकानन्द संस्कृति ज्ञान परिक्षा सम्पन्न भएको छ । हिन्दु स्वयम सेवक संघको आयोजना र देवदह नगर प्याब्सनको व्यवस्थापनमा देवदह-५ को पानवारीमा स्वामी विवेकानन्द संस्कृति ज्ञान परिक्षा सम्पन्न भएको हो । परिक्षामा एशियन लाईट बोडिङ्ग स्कुलका विशाल यादव प्रथम, एशियन लाईट बोडिङ्ग स्कुलकै रेखा भर द्धितिय, देवदह बुद्ध पब्लिक आवासीय माध्यमिक विद्यालयका आशिष भट्टराई तृतिय भएका छन् । त्यसैगरी परिक्षामा शिक्षा पाण्डे, सन्दिप ढकाल, सञ्जय राना, प्रशान्त विष्ट, अशोक केवट, संग्रिला न्यौपाने, अभिषेक खराल, प्रेरणा न्यौपाने, मुस्कान रायमाझी, आयुषा चापागाईले सान्त्वना स्थान प्राप्त गरेका छन् । परिक्षामा प्रथम हुनेले नगद २१ हजार, द्धितिय हुनेले नगद ११ हजार, तृतिय हुनेले ५ हजार १ सय र सान्त्वना हुने १० जना विद्यार्थीलाई नगद १ प्रदान गरिएको थियो।

परिक्षामा देवदह क्षेत्रका ८ वटा विद्यालयका करिब ९ सय विद्यार्थीहरुको सहभागिता रहेको थियो । परिक्षामा ३ जनाले समान ९० अंक प्राप्त गरेकोले गोला प्रथाद्धारा विजेता घोषित गरिएको हो । हिन्दु स्वयम् सेवक संघ लुम्बिनी प्रदेशका परिक्षा निर्देशक मुकेश भूर्तेलको निरक्षणमा भएको परिक्षामा सहभागी भएका विद्यार्थीको उत्तर पुस्तिका देवदह आदर्श बहुमुखी क्याम्पसमा ब्याचलर तहमा अध्ययनरत ३० जना विद्यार्थीले चेकजाच गरेका थिए ।
कार्यक्रमको औचित्यको बारेमा हिन्दु स्वयम् सेवक संघ नेपाल रुपन्देहीका संयोजक गोकुल पोखरेलले प्रकाश पार्नुभएको थियो। नेपाल बहु(सांस्कृतिक विशेषताले भरिएको मुलुक भएको बताउदैं विद्यार्थीहरुलाई संस्कार र संस्कृति सम्बन्धी ज्ञान प्रदान गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको उहाँले बताउनुभयो। कार्यक्रममा बोल्दै देवदह नगरपालिका प्रमुख धुब्र प्रसाद खरेलले पश्चिमा संस्कृतिले विकृति फैलाएको र त्यसलाई नियन्त्रण गर्नका लागि विद्यार्थीलाई सकारात्मक ग्यान दिनुपर्ने बताउनुभयो। उहाँले ज्ञान र सीपयुक्त शिक्षालाई प्राथमिकता दिनु पर्नेमा जोड दिनु भयो । संस्कार युक्त शिक्षाले मात्र समाज रुपान्तरण गर्न सकिने भएकोले धर्म, संस्कार, संस्कृतिको बारेमा विद्यार्थीहरुलाई ज्ञान दिन आवश्यक रहेको नगर प्रमुख खरेलको भनाई थियो ।

नगर प्याब्सन देवदहका अध्यक्ष रामबहादुर गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय गानका रचनाकार प्रदीपकुमार राई ‘ब्याकुल माइला’, पुर्व जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापा, प्याब्सन रुपन्देहीका बरिष्ठ उपाध्यक्ष एकनारायण काफ्ले, हिसान रुपन्देहीका सचिव बाबुराम बन्जाडे, लगायतले आ–आफना भनाई राख्नु भएको थियो । नगर प्याब्सन देवदहका सल्लाहकार बोधराज गौडेलको स्वागत र सचिव कृष्णप्रसाद गैरेको संचालनमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img