spot_img
spot_img
spot_img

जी–२० को परराष्ट्रमन्त्रीस्तरीय सम्मेलनमा रुस–युक्रेन युद्धको असर : संयुक्त वक्तव्य नै आएन

spot_img

२० फागुन, एजेन्सी ।

विश्वका ठूला अर्थतन्त्र भएका देशहरुको समूह जी–२० को परराष्ट्रमन्त्रीस्तरीय सम्मेलनका मुख्य मुद्धा रुस–युक्रेन युद्धको कारण छायामा परेका छन् । रुस–युक्रेन मुद्दामा भएको विमतीका कारण दुईदिने सम्मेलनपछि संयुक्त वक्तव्य समेत निस्कन सकेन। सम्मेलनपछि प्रतिक्रिया दिँदै भारतीय विदेशमन्त्री एस जयशंकरले बैठकपछि संयुक्त वक्तव्य आउन नसक्नुमा रुस–युक्रेन युद्धबारे जी–२० देशबीच फरक–फरक धारणा रहेको बताउनुभएको बीबीसी हिन्दीले जनाएको छ । भारतसहित १७ देशले युक्रेनको मुद्धामा एउटा धारणा राखे पनि चीन र रुसले त्यसलाई नमान्दा संयुक्त वक्तव्य आउन नसकेको उहाँको भनाइ छ । चिनियाँ विदेश मन्त्रालयले पनि युक्रेन मुद्दाले नै संयुक्त वक्तव्य आउन नसकेको बताएको चिनियाँ समाचारसंस्था सिन्ह्वाले जनाएको छ ।

जी–२० देशमा विश्वको ८५ प्रतिशतभन्दा बढी कुल गार्हस्थ्य उत्पादन हुन्छ भने ७५ प्रतिशत विश्वव्यापी व्यापार हुने तथ्यांक छ । यी देशहरुमा विश्वका दुई तिहाइ जनसंख्या बसोबास गर्छन् । अन्तर्राष्ट्रिय आर्थिक मुद्दामा विश्वव्यापी सहकार्य गर्ने लक्ष्य रहेको संगठनको दिल्ली सम्मेलनमा रुस–युक्रेन युद्धमै बढी केन्द्रित रहेको भारतीय सञ्चारमाध्ययमले जनाएका छन् । “एउटा पृथ्वी, एउटा परिवार र एउटै भविष्य ” नाराका साथ जी–२० सम्मेलनका बैठकहरू गरिरहेको भारतले अस्ति र हिजो जी–२० परराष्ट्रमन्त्रीस्तरीय सम्मेलन गरेको हो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img