२० फागुन, काठमाण्डौ ।
छतबाट लडेर गम्भीर घाइते भएका एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य सरोजकुमार नेपालको उपचारका क्रममा निधन भएको छ । उनी छतबाट लडेर गम्भीर घाइते भएका थिए । लडेर गम्भीर घाइते भएका नेपाललाई माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचारका लागि लगिए पनि बचाउन नसकिएको नेकपा एकीकृत समाजवादीका उपमहासचिव डा. विजय पौडेलले जानकारी दिनुभयो । नेपाल नेकपा एकीकृत समाजवादीको इन्जिनियर विभागका प्रमुख समेत हुन् । शनिबार दिउँसो एक रेष्टुरेष्ट रहेको घरको छतबाट नेपाल खसेको अवस्थामा भेटिएका थिए । सरोजकुमार नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालका भाई हुन ।