काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले घरेलु टोली यूएईलाई ४२ रनको हराउदै जित हात पारेको छ। दबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा यूएईलाई ४२ रनले पराजित गरेसँगै नेपालले शिर्ष तीनमा रहेर विश्वकप छनोट खेल्ने सम्भावना बचाई राखेको छ।
नेपालले दिएको २३० रनको लक्ष्य पछ्याएको यूएईले ४५ ओभरमा सबै विकेट गुमाएर १८७ रन मात्र बनाउन सक्यो। नेपालले भीम सार्कीको ७० रनको मदतमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २२९ रन बनाएको थियो।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??