काठमाडौं ।
आईसीसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा आज नेपालले घरेलु टोलीलाई हराएको छ । नेपालले युएईलाई ४२ रनले हराउदै जित हाँसिल गरेको हो । नेपालले दिएको २३० रनको लक्ष्य पछ्याएको यूएईले ४५ ओभरमा अलआउट हुँदै १८७ रन बनाएको थियो । यसअघि पहिला ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २२९ रन बनाएको थियो ।
नेपालका लागि सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले तीन(तीन विकेट लिए । त्यस्तै, करण केसी, आरिफ शेख र सन्दीप लामिछानेले एक(एक विकेट लिए । यो जितसँगै नेपाल अंक तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । नेपालको ३२ खेलमा ३२ अंक भएको छ । त्यस्तै, स्कटल्यान्ड ५० अंक सहित शीर्षस्थानमा छ। दोस्रो स्थानमा रहेको ओमनको ४४, तेस्रो स्थानमा रहेको नामिबियाको ३९ र चौथो स्थानमा रहेको अमेरिकाको ३५ अंक छ । यसअघि पाँचौ स्थानमा रहेको यूएई यो हारसँगै छैटौं स्थानमा झरेको छ। यूएईको ३२ खेलमा ३१ अंक छ ।