spot_img
spot_img
spot_img

नवाजुद्दीनले गरे छोराछोरी बन्धक बनाएर श्रीमतीले ब्ल्याकमेल गरेको खुलासा

spot_img

एजेन्सी ।

भारतीय अभिनेता नवाजुद्दीन सिद्दिकीले आफ्नी श्रीमती आलिया जैनबको आरोपमा पहिलो पटक मौनता तोडेका छन् । नवाजले समाजिक सञ्जाल इन्स्टाग्राम मार्फत मौानता तोड्दै आलियाले लगाएको सबै आरोप एक नटक मात्रै रहेको बताएका छन् । नवाजले लेखेका छन्, ‘के कसैलाई थाहा छ मेरा छोराछोरीहरू गत ४५ दिनदेखि बन्धकमा छन् र विद्यालय जाँदैनन् । हरेक दिन विद्यालयबाट अनुपस्थित रहेको चिठी आइरहेको छ ।’ हाल सम्म आफू मौन रहेकाले जताततै गलत सबित भएको पनि उनले उल्लेख गरेका छन् ।

नवाजले थपे, ‘म र आलिया विगत केही वर्षदेखि सँगै बस्दैनौँ । हाम्रो सम्बन्ध विच्छेद भइसकेको छ । तर, सन्तानको खातिर मात्रै जोडिएका थियौं । सामाजिक सञ्जाल प्लेटफर्म, प्रेस र केही व्यक्तिहरूको समूहले मेरो चरित्र हत्यालाई एकतर्फी रूपमा र भिडियोहरू मार्फत आनन्द उठाए ।’

आलियालाई बच्चाको राम्रो पालनपोषणका लागि विगत २ वर्षदेखि हरेक महिना १० लाख भारतीय रुपैयाँ दिने गरेको नवाजले बताएका छन् । आलिया छोराछोरी लिएर दुबई जाँदा उनलाई नवाजले स्कुलको शुल्क, मेडिकल र यात्रा खर्चसहित हरेक महिना ५–७ लाख भारतीय रुपैयाँ पठाउँने गरेको उल्लेख गरेका छन् । आलियाले पैसाको कारण आफू र आफ्नी मेरी आमालाई विभिन्न आरोप लगाएको नवाजले बताएका छन् । यसअघि पनि आलियाले यस्तो गरेको र पैसा पाएपछि मुद्दा फिर्ता लिएको बताएका छन् ।

भारतीय सञ्चार माध्यमका अनुसार नवाजकी आमा मेहरुनिसा सिद्दिकीले केही समयअघि आफ्नी बुहारी आलियाविरुद्ध उजुरी दर्ता गरेकी थिइन् । सम्पतिको विषयलाई लिएर आलियाविरुद्ध उजुरी परेको थियो । सोही समयदेखि उक्त विवाद बढ्दै गएको हो । आलियाले आफूलाई घरमा नजरबन्दमा राखेको आरोप समेत केही समय अगाडी लगाएकी थिइन् । आलियाले गतसाता नवाजविरुद्ध बलात्कारको मुद्दा समेत दर्ता गरेकी थिइन् । यतीमात्रै नभएर केही दिनअघि आलियाले आफूलाई र छोराछोरीलाई घरबाट निकालेको आरोप लगाउदै भिडियो सार्वजनिक गरेकी थिइन् ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img