spot_img
spot_img
spot_img

राष्ट्रपति चुनाव : राति १२ बजेदेखि प्रचारप्रसार गर्न नपाइने

spot_img

काठमाण्डौ ।

राष्ट्रपति चुनावका लागि सोमबार राति १२ बजेदेखि प्रचारप्रसार गर्न नपाइने भएको छ । राष्ट्रपति चुनावलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न राति १२ बजेदेखि मतदान हुने दिन आउँदो २५ गते बिहीवार मतदान केन्द्र बन्द नभएसम्मका प्रचारप्रसार गर्न निषेध गरिएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन (कसुर तथा सजाय) ऐन, ७३ को दफा २४ को ५ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम यो अवधिमा चुनावको प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया गर्न नपाईने व्यवस्था छ । चुनावका दिन बिहीबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदानमा सहभागी हुन समेत मतदातालाई आयोगले आग्रह गरेको छ । आयोगले आउँदो बिहीवार हुने राष्ट्रपति र आउँदो चैत ३ गते हुने उपराष्ट्रपतिको चुनावका लागि चुनावी कार्यक्रम सञ्चालन भइरहेको जनाएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img