spot_img
spot_img
spot_img

देवदह नगरपालिका वडा नं ५ र बित्तीय शैक्षिक संस्था बीच अन्तकृया सम्पन्न

spot_img

देवदह // देवदह नगरपालिका वडा न ५ र देवदहका बैंक तथा बित्तीय संस्था र संस्थागत बिधालयका नेतृत्वकर्ताहरु बिच बिबिध विषयमा छलफल एवम् निर्णय भएको छ।

होलि पर्व २०७९ को अवसरमा वडा कार्यलयमा आयोजित छलफल तथा अन्तकृया कार्यक्रममा देवदहमा संचालित बैंक तथा बित्तीय संस्थाको सहयोगमा ब्याचलर तहमा ब्यवस्थापनमा अध्ययनरत बिद्यार्थीलाई बैन्किङ तालिम संचालन गर्ने, खैरेनी चोक देखि बुद्ध सामुदायिक बन द्वारा संचालित गौतम बुद्ध अन्तर्राष्ट्रिय बाल उधान सम्म सडकको दुबै तर्फ बृक्ष रोपण गरि सडक सौन्दर्यता कायम गर्ने, बित्तीय संस्थाका प्रमुख र देवदह नगरपालिकाका जनप्रतिनिधि बिच मैत्रीपूर्ण फुट्सल प्रतियोगिता आयोजना गर्ने निर्णय भएको छ।

उक्त छलफल देवदह नगरपालिकाका प्रबक्ता तथा वडा नं ५ का वडा अध्यक्ष गणेश डुम्रेको अध्यक्षता देवदह नगर उपप्रमुख बिद्यालक्ष्मी गुरुङको प्रमुख आतिथ्यतामा भएको छलफलमा देवदहका ५ का संस्थागत बिधालयहरु प्याब्सन देवदह नगर अध्यक्ष एवम् देवदह मदर टङ्स एकेडमीका प्रधानाध्यापक राम बहादुर गुरुङ , प्याब्सन नगर सचीव एब देवदह बुद्ध पब्लिक आवसिय मा.वि का प्रधानाध्यापक कृष्ण प्रसाद गैरे, एन प्यब्सन रुपन्देही जिल्ला सहसचिव तथा न्यु लुम्बिनी इ.बो स्कुलका प्रधानाध्यापक बिनोद थापा लगाएतको उपस्थिति रहेको थियो। त्यस्तै देवदहका विभिन्न बैंक तथा सहकारी कोलिय देवदह साकोसका ब्यवस्थापक बिनोद पराजुली, ग्लोबल आइ एम इ बैंकका प्रमुख कमल पराजुली, एन.आइ.सि एसिया बैंकका प्रमुख सन्जय ज्ञवाली, प्रभु बैंकका प्रमुख सरोज ज्ञवाली, कामना सेवा बिकास बैंकका प्रमुख रबि पौडेल, गरिमा बिकास बैंक कर्जा प्रमुख केशव डुम्रे, सिटिजन बैंकका प्रमुख अर्जुन थापा, गुहेस्वरी फाइनान्सका कृष्ण गुरुङ, लायन्स क्लब अफ देवदहका अध्यक्ष बिष्णु प्रसाद ज्ञवाली, सामाजिक ब्याक्तित्व कृष्ण हरि सापकोटा, दुर्गानगर टोल बिकास संस्थाका अध्यक्ष रमेशकुमार पोख्रेल, नमुना हरियाली टोल बिकास संस्था अध्यक्ष चोक लाल डुम्रे, खैरेनी गोठादी मार्ग टोल बिकास संस्था अध्यक्ष लगायतको सहभागिता रहेको थियो।

बैंक तथा बित्तीय संस्था प्रमुखहरु द्वारा प्रस्तावित बैन्किङ तालिम तथा सडक सौन्दर्यता पर्यावरण प्रवर्द्धन गर्न वृक्षरोपण कार्यक्रममा सहकार्य गर्न तयार रहेको भन्दै प्रतिबद्धता व्यक्त गर्नु भएको छ।

उक्त कार्यक्रममा नगर उपप्रमुख द्वारा सबै संस्थासंग सहकार्य गरि बिकास र समृद्धिको यात्रामा अगाडी बढ्ने वडा नं ५ को अभियान उत्कृष्ट र अनुकरणीय रहेको भन्दै सबैलाई सहयोग र सहकार्यको लागि आह्वान गर्नुभयो।
कार्यक्रममा होलिको शुभकामना साटासाट गर्दै भातृत्व आत्मीयता एकता सद्भाव वृद्धिको कामना गरिएको थियो। कार्यक्रम वडा सचीव प्रदिप प्रसाद गौतमको सञ्चालनमा सम्पन्न भएको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img