spot_img
spot_img
spot_img

उपप्रमुख संग महिला कार्यक्रम अन्तर्गत ६० दिने सिलाई कटाई तालिम सुरु

spot_img

देवदह। रुपन्देहीको देवदहमा ६० दिने सिलाई कटाई तालिम सुरु भएको छ। उपप्रमुख संग महिला कार्यक्रम अन्तर्गत देवदह -४ भवानीपुरमा उक्त तालिम सुरु गरिएको हो।

देवदह नगरपालिकाको आर्थिक सहयोग, ग्लोबल कलेज अफ इञ्जिनियरिङ्ग टेक्लोनोजीको व्यवस्थापन र सेवा डिल देवदहको प्राविधिक सहयोगमा सुरु भएको तालिममा देवदह वडा नम्बर ३ र ४ का ३० जना प्रशिक्षार्थीको सहभागिता रहेको छ।

सिलाई कटाई तालिमको समुद्घाटन गर्दै देवदह नगरपालिकाका नगर प्रमुख धुब्र प्रसाद खरेलले नागरिकलाई कसैको पनि भरोसा नगरी आफ्नै खुट्टामा उभिने बनाउन र नगरमा महिला उद्यमी उत्पादन गर्न तालिमको आयोजना गरिएको बताउनुभयो।

आर्थिक स्तर न्यून भएका महिलाहरुलाई समेटी नागरिकको जीवनस्तर उकास्न र आर्थिक रुपमा सक्षम बनाउन तालिमले सहयोग पुग्ने विश्वास नगर प्रमुख खरेलले व्यक्त गर्नुभएको थियो। उहाँले नगरपालिकाले लगानी गरि थुप्रै तालिमहरु सम्पन्न गरिसकेको र तालिम पश्चात लगानीको प्रतिफल प्राप्त भएको छ कि छैन भनेर अनुगमन गर्ने समेत बताउनुभयो।

तालिम इमान्दार पूर्वक लिएर प्रशिक्षित हुन आग्रह गर्दै नगर प्रमुख खरेलले विकास निर्माणका गतिबिधि संगै अब तालिम र तालिम सकिए पश्चात प्रशिक्षण लिएका नागरिकले गरेका गतिविधिको अनुगमन गर्ने समेत बताउनुभयो।

नगर उपप्रमुख तथा उप प्रमुख संग महिला कार्यक्रमका संयोजक विद्या लक्ष्मी गुरुङले देवदह नगरपालिकामा रहेका १२ वटा वडा मध्ये प्रत्येक २-२ वटा वडाका नागरिक संग अन्तरक्रिया गरि नागरिकको इच्छा अनुसारको तालिम आयोजना गरिएको बताउनुभयो।

यस अघि वडा नम्बर ६ र ७ को महिलाहरुको लागि जुत्ता चप्पल बनाउने तालिमको सुरुवात गरिएको बताउंदै नगर प्रमुख गुरुङले नगरपालिकाले सिपमुलक र आयआर्जन मूलक तालीमको आयोजना गर्दै आएको बताउनुभयो।

उहाँले महिलाहरुलाई आर्थिक, सामाजिक र शैक्षिक रुपमा सबल बनाउनका लागि नगरपालिकाले नेतृत्व विकास तालिम रकार्यक्रम आयोजना गरेको बताउंदै महिला दिदिबहिनिलई उद्यमी बनाउनको लागि तालिमको आयोजना गरिएको बताउनुभयो।

कार्यक्रममा देवदह नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष यज्ञ प्रसाद अर्याल र दमन नाथ रेग्मीले तालिममा अनुशासित ढंगले प्रशिक्षण लिई सक्षम बन्न आग्रह गर्नुभएको थियो।

उप प्रमुख संग महिला कार्यक्रमका संयोजक विद्या लक्ष्मी गुरुङको अध्यक्षता ग्लोबल कलेज अफ इञ्जिनियरिङ्ग टेक्लोनोजीका प्रबन्ध निर्देशक काशिराम खनालको स्वागत र देवदह नगरपालिकाका कर्मचारी इन्दिरा भुसालको संचालनमा तालिमको उद्घाटन सत्र सम्पन्न भएको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img