काठमाडौँ । नेकपा एकीकृत समाजवादीका पोलिट्व्यूरो सदस्य एवं पूर्वमन्त्री मेटमणि चौधरीले प्रचण्ड विरुद्ध सर्वाेच्चमा दर्ता गरिएको रिट केवल ब्ल्याकमेलिङ भएको बताएका छन्।
‘कमरेड प्रचण्ड विरुद्ध सर्वाेच्चमा परेको रिट र हुन सक्ने संभावनाको विषय केवल भ्रमित पार्ने कुरा मात्रै हो। तत्कालीन समयमा संयुक्त राष्ट्र संघको रोहबरमा नेपाल सरकार र विद्रोही पक्षबिचमा प्रकिया मिलाएर टुङ्गोमा पुर्याउने विषय हो। हो केही काम बाँकी छन्। यो सरकारले नै टुङ्गोमा पुर्याउने विषय हो ।’ चौधरीले समाजिक संजालमा लेखेका छन्। पूर्व मन्त्री समेत रहेका चौधरीले यसबाट कसैलाई पनि खुसी हुन जरुरी नभएको स्पष्ट पारेका छन्। ‘यो फगत भ्रम हो। राष्ट्रपति चुनाव अगाडि गरिएको प्रोक्सि लडाइँ हो।’ उनले फेसबुकमा लेखेका छन्।