spot_img
spot_img
spot_img

तराईमा आज होली पर्व मनाईयो

spot_img

काठमाण्डौ ।

तराईका अधिकांश जिल्लाहरूमा आज धूमधामका साथ होली पर्व मनाइँएको छ । रुपन्देही सहित कपिलवस्तु, बाँके, बर्दिया, धनुषा, महोत्तरी, सर्लाही, सिराहा, सप्तरी लगायतका तराईका जिल्लामा विशेष उल्लासका साथ खुसीयाली र धूमधामसँग होली पर्व मनाईएको हो । एकआपसमा रङ्ग, अबीर लगाई नाच्दै र जोगिरा गाउँदै होलीलाई विशेष उत्सवको रूपमा लिइन्छ । होली मनाइने तराईका जिल्लाहरूमा सरकारले आज सार्वजनिक विदा समेत दिईएको थियो ।

पहाडी क्षेत्रहरूमा भने सोमबार नै धूमधामका साथ होली मनाइएको छ । होली पर्वमा आफूभन्दा ठुला मान्यजनबाट रङ्ग, अबिर लगाएर मिठो मसिनो खाने र आर्सीवाद लिने चलन समेत रहेको छ । पछिल्लो समय घरबाट बाहिर रहेका आफ्ना आफन्तबीच भेटघाट हुने पर्वका रूपमा पनि यो पर्व लिन थालिएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img