spot_img
spot_img
spot_img

रोटरी तिलोत्तमा रुपन्देहीको सिग्नेचर प्रोजेक्ट अन्तर्गत तिलोत्तमाको सरस्वती निमाविमा पेन्टिङ

spot_img

बुटवल ।

रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीले तिलोत्तमाको सरस्वती आधारभूत विद्यालयमा पेन्टिङ गरी विद्यालयलाई हस्तान्तरण गरेको छ । क्लवको सिग्नेचर प्रोजेक्ट स्कुल पेन्टिङ कार्यक्रम अन्तरगत तिलोत्तमा नगरपालिका वडा नं १४ मंगलपुरमा रहेको सरस्वती आधारभूत विद्यालयमा रंगरोगन गरिएको हो ।
क्लवले प्रत्येक वर्ष होलीमा आर्थिक रुपमा कमजोर सामुदायिक विद्यालयमा पेन्टिङ गर्दै आएको रोटरी तिलोत्तमा रुपन्देहीका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिनुभयो। उहाँका अनुसार क्लवले अहिलेसम्म १२ वटा विद्यालयमा पेन्टिङ गरिसकेको छ ।
कार्यक्रममा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले विकासको लागि सबैभन्दा महत्वपूर्ण कुरा शिक्षा भएको र शैक्षिक गुणस्तर सुधारको लागि नगरपालिकाले काम गरिरहेको बताउनु भयो । उरोटरीको विद्यालय पेन्टिङ कार्यक्रमले पनि विद्यालयको गुणस्तर सुधारमा योगदान पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
रोटरी ईन्टरनेशनल डिष्ट्रिक ३२९२ का ईन्कमिङ डिष्ट्रिक गभर्नर राजेन्द्र ध्वजूले क्लवले प्रत्येक वर्ष गर्दै आएको विद्यालय पेन्टिङ कार्यक्रम अरु क्लवका लागि पनि उदाहरणीय भएको बताउनु भयो । उहाँले शैक्षिक गुणस्तर सुधारको लागि अरु धेरै कार्यक्रममा नगरपालिकासंग सहकार्य गर्न सकिने भनाई राख्नुभयो ।
विद्यालयकी प्रधानाध्यापक कमला गौतमले विद्यालयमा अध्ययन गर्ने ९९ प्रतिशत वालबालिका केवट, यादव लगायतका मधेशी समुदायका रहेको बताउनुभयो । विद्यालय रंगरोगन गरिदिएकोमा क्लवलाई धन्यवाद सहित आभार व्यक्त गर्नुभयो ।
कार्यक्रममा क्लवका एसाइन एजी राजु खरेलले क्लवले सिग्नेचर प्रोजेक्ट विद्यालय रंगरोगन सहित अटिजम लगायतका राम्रा काममा अग्रसर रहेको भनाई राख्नुभयो। त्यस अवसरमा क्लवका पूर्व अध्यक्षहरु कृष्णप्रसाद शर्मा, खिमानन्द भुसाल, सचिव शंकर पाण्डे लगायतले भनाई राख्नुभएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img