spot_img
spot_img
spot_img

लुम्बिनीमा “जीवनमा चलचित्र निर्माण र अन्तराष्ट्रिय बजार” सम्बन्धी कार्यशाला गोष्ठी हुने

spot_img

कञ्चन ।

बिश्व शान्तीका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा “जीवनमा चलचित्र निर्माण र अन्तराष्ट्रिय बजार” सम्बन्धी कार्यशाला गोष्ठी हुने भएको छ। चैत्रको दोश्रो हप्ता हुने सो कार्यशाला गोष्ठीले लुम्बिनीको पर्यटन प्रबर्द्धनमा समेत महत्वपुर्ण सहयोग पुर्याउन अपेक्षा गरिएको छ। चन्द्रसूर्य सिनेमाको आयोजना तथा चलचित्र बिकास बोर्ड, टुरिजम बोर्ड, लुम्बिनी बिकास कोष, तथा चलचित्र पत्रकार संघ रुपन्देहीसंगको सहकार्यमा हुने उक्त कार्यशाला गोष्ठीमा स्रोत व्यक्तीको रुपमा चलचित्र निर्देशक प्रकाश सायमीसंगै नेपाल चलचित्र बिकास बोर्डका पुर्व अध्यक्ष दयाराम दाहाल, चलचित्र निर्देशक निर शाह, ल क्याम्पसका प्राध्यापक,बरिष्ठ चलचित्र निर्देशक तथा साहित्यकार राजेन्द्र सलव, साहित्यकार टि एन पथिक, विजय सुवेदी, महानायक राजेश हमाल लगायत आउने कार्यक्रम रहेको कार्यशाला गोष्ठीका संयोजक तथा नेपाल चलचित्र बिकास बोर्डका पुर्व सदस्य बिमल पौडेलले जानकारी दिनु भएको छ।

बिशेषगरी बिश्वशान्तीका अग्रदुतको रुपमा विश्वभर प्रख्यात रहेका गौतम बुद्धको जिवनमा आधारित जिवन चलचित्र निर्माण र त्यसको अन्तराष्ट्रिय बजारबारे अनुसन्धनात्मक गोष्ठीको रुपमा रहने संयोजक पौडेलले जानकारी दिनु भएको छ। जीवनमा चलचित्र निर्माणबारे कार्यशाला गोष्ठीलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि स्थानीय तहका सरोकारवालाहरुलाई जानकारी गराउने उद्धेश्यका साथ फागुन २६ गते शुक्रवार भैरहवा स्थित होटल मौर्यमा पत्रकार सम्मेलन समेत हुने गरी नेपाल चलचित्र निर्माता संघका केन्द्रिय सचिव किसान पोख्रेलले जानकारी दिनु भएको छ। गौतमबुद्धको जीवनी तथा दर्शनमा आधारित कार्यशाला गोष्ठीमा चलचित्र निर्माण र प्रदर्शन गराउन निरन्तरता दिदै आएका र नयाँ पिँढीका रुपमा उदाइरहेका लेखक, कलाकार, पत्रकार,निर्देशक तथा प्राविधिकहरुको समेत सहभागिता रहने निर्माता संघका केन्द्रिय सचिव पोख्रेलले जानकारी दिनुभएको छ।

ूजिवनीमा चलचित्र निर्माण तथा अन्तराष्ट्रिय बजारू सम्बन्धी कार्यशाला गोष्ठीको आयोजनालाई परिणाममुखी बनाउन चलचित्र बिकास बोर्ड, नेपाल पर्यटन बोर्ड, संस्कृति तथा पर्यटन मन्त्रालय, लुम्बिनी बिकास कोष, रुपन्देहीका १६ वटै स्थानीय निकाय, चलचित्र पत्रकार संघ रुपन्देही लगायत स्थानीय सरोकारवाला संघ संस्थाहरुसंग निरन्तर समन्वय र सहकार्य भइरहेको कार्यशाला गोष्ठी तयारी समितिका संयोजक तथा अन्तराष्ट्रिय बिदेशी भाषा चलचित्र छनौट कमिटी नेपाल (ओस्कार)का अध्यक्ष विमल पौडेलले जानकारी दिनु भएको छ। कार्यशाला गोष्ठीबारे जानकारी दिन आयोजना गरिने पत्रकार सम्मेलनमा रुपन्देहीका १६ वटै स्थानीय तहका प्रमुख, उप प्रमुख र प्रमुख प्रशासकिय अधिकृत सहित लुम्बिनी बिकास कोषका पदाधिकारी, पर्यटन बोर्डका पदाधिकारी, चलचित्र बिकास बोर्ड, निर्माता संघ, निर्र्देशक समाज लगायतका प्रतिनीधिहरुको सहभागिता हुने संयोजक पौडेलले जानकारी दिनुभएको छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img