२५ फागुन, बुटवल ।
साढे दुई किलो चरेससहित रूपन्देहीको बेलहियाबाट एक जना महिला पक्राउ परेकी छिन्। बुधबार साँझ ८ बजेतिर बेलहिया बसपार्कबाट सुनौलीतर्फ जाँदै गरेकी बाग्लुङको निसिखोला गाउँपालिका वडा नं। ६ बस्ने ३६ वर्षीया लालसरा घर्तीलाई लागुऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभएको छ ।
शंकास्पद रूपमा हिँडिरहेकी घर्तीलाई रोकी सोधपुछ र चेक गर्दा उनको साथबाट साढे दुई किलो चरेश बरामद गरिएको हो । क्राउ परेकी घर्तीमाथि अनुसन्धान सुरू गरेको प्रहरी नायब उपरीक्षक अर्यालले बताउनुभएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??