कञ्चन ।
रुद्रपुर युवा क्लव कञ्चन ४ रुपन्देहीको दोश्रो साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले लालबहादुर थापा (अर्जुन)को अध्यक्षतामा ९ सदस्यीय नया कार्यसमिति निर्वाचित गरेको छ। यस्तै अधिवेशनबाट क्लबको उपाध्यक्षमा पुर्णबहादुर श्रीस,सचिवमा दृष्टि राना, कोषाध्यक्षमा रश्मि लम्तरी र सहसचिवमा वसन्त राना निर्वाचित हुनुभएको छ। यसैगरी सदस्यहरुमा डुमाया थापा, दिलबहादुर थापा, तारा महत क्षेत्री, रेशम दगामी निर्वाचित हुनुभएको छ। नवनिर्वाचित कार्यसमितिलाई वधाई तथा शुभकामना दिदै कञ्चन गाउपालिका वडा नं.४ का वडा अध्यक्ष केशरबहादुर खत्रीले वडाको विकास कुनै कमी हुन नदिन आफुले कुनै कसर बांकी नराख्ने बताउनु भयो। वडाको विकासमा वडा भित्रका संघ संस्थाहरुसंगको सहकार्य र समन्वयलाई पनि आफुले प्राथमिकता दिदै आइरहेको समेत वडा अध्यक्ष खत्रीले बताउनुभयो।
यसैगरी क्लबका निरबर्तमान अध्यक्ष लोकबहादुर पुनले समाज परिबर्तनका लागि युवा पिंढीलाई सहभागी बनाएर अगाडी बढ्ने प्रयास गरेको बताउनु भयो। युवाहरुलाई समाजको हरेक बिकासमा संलग्न गराउन सके कुनै पनि युवा कुलत र लागुऔषध दुर्ब्यसनीमा नलाग्ने बताउदै अध्यक्ष पुनले दुर्ब्यसनीमा फसेका युवाहरुलाई सृजनात्मक कार्यमा लगाउन आवस्यक रहेको उल्लेख गर्नुभयो। क्लवका निवर्तमान अध्यक्ष लोकबहादुर पुनको अध्यक्षतामा सम्पन्न अधिबेशनमा क्लबका सल्लाहकार दिल बहादुर दर्लामीले शुभकामना तथा बधाई दिदै अवका युवाहरुले नै सामजलाई खेलकुद,सांस्कृतिक,आर्थिक तथा शैक्षिक रुपमा सबल र शसक्त बनाउदै जानूपर्ने बताउनुभयो। क्लवका निवर्तमान सचिव पुर्णबहादुर श्रीसको संचलानमा भएको कार्यक्रममा दृष्टि रानाले स्वागत गर्नुभएको थियो। कञ्चन ४ अस्नैया स्थित जिम हाउसको सभाहलमा सम्पन्न अधिबेशन क्लवको नया कार्य समिति गठनका लागि प्रकाश क्षेत्रीको संयोजत्वमा दुई सदस्यिय निर्वाचन समितिले निर्वाचन गराएको थियो।