spot_img
spot_img
spot_img

लुम्बिनी प्रदेशका सभामुख घर्ती र बुटवलका प्रमुख पाण्डेयबीच भेटवार्ता

spot_img

बुटवल।

लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती र बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयबीच भेटवार्ता भएको छ। आइतबार बुटवल उपमहानगरपालिकाको कार्यालयमा नगरप्रमुख पाण्डेयले सभामुख घर्तीलाई स्वागत गर्नुभएको हो। भेटवार्ताका क्रममा सभामुख घर्तीले प्रदेश सभाले स्थानीय सरकारसँग कानून निर्माण र कार्यान्वयनलगायतमा समन्वय र सहकार्य गर्ने गरी तयारी गरिरहेको बताउनुभयो । सभामुख घर्तीले प्रदेश सभाले बनाएका कानूनहरु कार्यान्वयन गर्ने स्थानीय सरकारसँग औपचारिक रुपमा कुनै पनि समन्वय र सहकार्य हुन नसकेको अवस्थामा छिट्टै नै त्यस्तो कामका लागि अनौपचारिक संयन्त्र बनाउने गरी तयारी गरिरहेको बताउनुभयो ।

उहाँले स्थानीय सरकारले कानून निर्माण गर्दा प्रदेश सभाले सहकार्य र समन्वय गर्न तयार रहेको र छिट्टै नै प्रदेश सभाले यसलाई कार्यान्वयनमा लैजाने गरी काम गर्ने बताए । उनले स्थानीय सरकार जनताको सबैभन्दा नजिकको सरकार भएकाले प्रदेशसँग समन्वय र सहकार्यमा अरु बढी जोड दिन आवश्यक रहेको बताउनुभएको छ । भेटका क्रममा नगरप्रमुख पाण्डेयले स्थानीय सरकारका संघ र प्रदेशका साझा र एकल अधिकारहरुका कानूनहरु निर्माणमा ढिलाइ भएकाले गम्भीरतापूर्वक आवश्यक कानून बनाउनेतर्फ अगुवाइ गरिदिन सभामुखलाई अनुरोध गर्नुभयो ।

निजामती कर्मचारीसम्बन्धि कानून निर्माणमा भएको ढिलाइका कारण कर्मचारी व्यवस्थापनमा समस्या भएको भन्दै नगरप्रमुख पाण्डेयले संघ र प्रदेशले छिट्टै कानून बनाएर स्थानीय सरकारको मर्म बुझिदिन आग्रह गर्नुभयो । उहाँले स्थानीय सरकारमा धेरै प्रकृतिका कर्मचारी कार्यरत रहेकाले त्यस्ता कर्मचारीकाबारेमा पनि प्रदेशले कानून बनाएर सहजीकरण गरिदिनुपर्नेमा जोड दिनुभएको छ । नगरप्रमुख पाण्डेयले प्रदेश सभामुखका रुपमा मात्रै नभइ जनताको प्रतिनिधि पनि रहेकाले बुटवलको ज्योतिनगर पहिरो, सिद्धबाबा सडक क्षेत्र, तिनाउ नदीको नदी कटान र बाढीका कारण उत्पन्न विपद् व्यवस्थापन, सुकुम्बासी समस्याका बारेमा समेत जानकारी गराउँदै प्रदेशका तर्फबाट सहजीकरण गरिदिन आग्रह गर्नुभयो ।
नगरप्रमुख पाण्डेयले बुटवलबाट प्रदेशको राजधानी दाङ जाने क्रममा प्रदेश सरकारले बुटवलमा प्रयोग गरेका संरचना अस्तव्यस्त छाडेर गएकोले तीनको व्यवस्थापनमा सम्बन्धित संघ–संस्था र कार्यालयहरुलाई सहयोग गर्न पहल गरिदिन आग्रह गर्नुभयो । उहाँले बुटवलबाट राजधानीका मुख्य संरचनाहरु दाङ गए पनि केही संरचना, केही मन्त्रालय र कार्यालयहरु बुटवलमा राखेर प्रादेशिक अपनत्वको भावना देखाउन अनुरोध गर्नुभएको छ । नगरप्रमुख पाण्डेयले सभामुखलाई प्रदेश सभालाई नमूनायोग्य र उत्कृष्ट कार्य गर्नका लागि शुभकामना दिनुभयो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img