spot_img
spot_img
spot_img

अमेरिकी प्रतिबन्धका बाबजुद इरानको तेल निर्यात रेकर्ड स्तरमा

spot_img

२८ फागुन, एजेन्सी ।

सन् २०१८ मा अमेरिकाले पुनः प्रतिबन्ध लगाए पनि आफ्नो तेल निर्यात उच्च स्तरमा पुगेको इरानले बताएको छ । इरानका तेल मन्त्री जाभेद ओजीका अनुसार इरानको तेल निर्यात अघिल्लो १२ महिनाको तुलनामा गत वर्ष ८ करोड ब्यारेलले बढेको हो। विगत दुई वर्षको तुलनामा देशको तेल निर्यात १९ करोड ब्यारेलले बढेको उनको भनाई । विश्लेषकहरूका अनुसार चीन र भेनेजुएलामा बढेको मागका कारण इरानको तेल निर्यात बढेको हो। सन् २०१८ मा इरानसँगको परमाणु सम्झौताबाट अमेरिका बाहिरिएको थियो भने फेरि प्रतिबन्ध लगाएको थियो । यी प्रतिबन्धका कारण सुरुमा भने इरानको तेल निर्यात र तेलबाट हुने आम्दानीमा ठुलो गिरावट आएको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img