लुम्बिनी ।
बुद्ध जन्मभूमि लुम्बिनीमा पाँच सय जना कुलपुत्र प्रव्रज्या अर्थात ९अल्पकालिन भिक्षु० कार्यक्रम सुरु भएको छ । अखिल नेपाल भिक्षु महासंघ र थाइ भिक्षु महासंघको संयुक्त आयोजनामा आइतबार लुम्बिनीस्थित कोरियन विहारमा प्रवज्या सुरु गरिएको हो । थाई विहारका महास्थविर भिक्षु सुपोतले नेपालका विभिन्न जिल्लाबाट लुम्बिनी आएकाहरुलाई प्रवज्या सुरु गरेका हुन् । प्रत्येक वर्ष अल्पकालिन भिक्षु भिक्षुणी बन्नका लागि कपाल मुन्डन गरी प्रवज्या गर्ने गरिन्छ ।
काठमाडौं र लुम्बिनीमा गरी ५ सय जनालाई प्रव्रज्या गराउने कार्यक्रम रहेको भिक्षु महासंघले जनाएको छ । आगामी चैत २ गते बुद्ध जन्मभूमि लुम्बिनीस्थित मायादेवी मन्दिरमा ५ सय जनाको प्रवज्या हुने संस्थाले जनाएको छ । प्रव्रज्याको समापन चैत १७ गते हुने भएको जनाइएको छ । लुम्बिनीमा प्रत्येक वर्ष प्रव्रज्या कार्यक्रम हुँदै आएको छ ।