काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिदेशीय एक दिवसीय शृङ्खलाको तेस्राे खेलमा नेपालले आज सोमबार पपुवा न्युगिनी (पिएनजी)सँग खेल्दैछ।
त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।
कीर्तिपुरस्थित टियु मैदानमा घरेलु टोली नेपाल र पिएनजीबीचको खेल बिहान ९ः३० बजेबाट सुरु हुनेछ ।
श्रीङ्खला अन्तरगत नेपाल लगातार तेस्रो जित दर्ता गर्दै एक दिवसीय विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने सम्भावना जीवित राख्न चाहन्छ । यसअघि हिजो भएको खेलमा यूएईविरुद्ध शानदार जित हासिल गर्दै नेपालले एक दिवसीय राष्ट्रको मान्यता जोगाएको छ ।