spot_img
spot_img
spot_img

सरकारले रासायनिक मलमा दिँदै आएको अनुदान घटायो

spot_img

काठमाण्डौ ।

रासायनिक मलमा दिँदै आएको अनुदान सरकारले घटाएको छ । ११ दशमलव ८ प्रतिशतले अनुदानमा घटाएको हो । मल आपूर्ति तथा वितरण व्यवस्थापन समितिको आज सोमवार बसेको बैठकले अब आयात हुने विन्दुमा मूल्य बढाउने निर्णय गरेको छ । नयाँ मूल्यअनुसार किसानलाई युरिया प्रतिकिलो २५ रुपैयाँ, डीएपी ५० रुपैयाँ र पोटास ४० रुपैयाँ पर्ने भएको छ ।

अहिले रासायनिक मलमा सरकारले ८० प्रतिशतसम्म अनुदान दिँदा युरिया प्रतिकिलो १४ रुपैयाँ, डीएपी ४३ रुपैयाँ र पोटास प्रतिकिलो ३१ रुपैयाँमा बिक्री हुँदै आएको थियो । यसअघिको तुलनामा अब युरिया मल किलोमा ११ रुपैयाँ, डीएपी किलोमा सात रुपैयाँ र पोटास किलोमा नौ रुपैयाँले महँगो भएको मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले जानकारी गराउनुभयो । बढेको मूल्यमा मलको बिक्री र बजार अनुगमनका लागि मन्त्रालयले गृह मन्त्रालयलाई आग्रह समेत गरिएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img