अर्घाखाँची ।
अर्घाखाँचीमा चौथो प्रिमियर लिग (एपिएल)को प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिताको उपाधी ईलाभेन ब्रदर्स डिभर्नाले हात पारेको छ । अर्घाखाँची क्रिकेट संघको आयोजनामा सन्धिखर्कको टुडीखेलमा भएको फाइनल खेलमा रोयल सन्धिखर्कलाई ८७ रनले पराजित गर्दै ईलाभेन ब्रदर्श डिभर्ना विजयी भएको हो । टस हारेर पहिले ब्याटिंग गरेको डिभर्नाले २० ओभरमा ८ विकेट गुमाएर एक सय २१ रन बनाएको थियो ।
जबाफी ब्याटिंग गरेको सन्धिखर्कले पुरै विकेट गुमाउदै ८७ रनको फराकिलो अन्तरले हार व्यहोरेको अर्घाखाँची क्रिकेट संघका अध्यक्ष ऋषिकेश भट्टराईले जानकारी दिनुभयो । खेल जितेसँगै डिभर्नाले नगद १लाख १ हजार, ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो हुनेले ५१ हजार ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।