spot_img
spot_img
spot_img

तिलोत्तमा नगरपालिकाको वातावरण क्षेत्रमा पाँच घोषणा

spot_img

भैरहवा ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले वातावरणको क्षेत्रमा बुधबार पाँच घोषणा गरेको छ । नगरपालिकामा सञ्चालन गरिएको समुदायमा आधारित हरियाली प्रवद्र्धन एवं नियमित सरसफाई अभियानको १००औं श्रृंखला पुगेको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमको मूल समारोहमा नगरप्रमुख रामकृष्ण खाँणले वातावरणसँग सम्बन्धित पाँचवटा घोषणा गर्नुभएको हो । पाँच घोषणाहरुमध्ये वातावरणमैत्री स्थानीय शासनयुक्त नगरपालिका निर्माणको अभियान प्रमुख रहेको छ । साथै हर्न निषेधित नगरपालिका घोषणा, फोहरमैलाको वर्गीकरण गर्ने कार्य प्रारम्भ, गुट्खाजन्य पदार्थको बिक्री वितरणमा प्रतिबन्ध , पशु दर्ता प्रणाली शुभाम्भ रहेका छन ।

घोषणालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्दै जाँदा वातावरणमैत्री नगरपालिका निर्माणमा थप टेवा पुग्ने नगरप्रमुख खाणकोले बताउनुभएको छ। वातावरण र विपद् व्यवस्थापनको क्षेत्रमा हालसम्म प्राप्त उपलब्धीलाई संस्थागत गराउँदै नेपाल सरकारले जारी गरेको वातावरणमैत्री स्थानीय शासन प्रारुप-२०७८ मा उल्लेखित वातावरणमैत्री स्थानीय शासनका बाँकी सूचकहरु पूरा गराउने कार्यक्रमहरु आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम र बजेटमा समावेश गरी कार्यान्वयन गर्ने प्रतिबद्धता नगरप्रमुख खाणले व्यक्त गर्नुभयो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img