काठमाण्डौ ।
कोरोना भाइरसका सक्रिय सङ्क्रमित फेरि बढ्न थालेका छन् । पछिल्ला केही दिनयता दैनिक सक्रिय सङ्क्रमित बढिरहेका छन् । फागुन २६ गतेदेखि सक्रिय सङ्क्रमित दैनिक बढिरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले देखाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार फागुन २६ गते सक्रिय सङ्क्रमित ५, २७ गते १२, २८ गते १५, २९ गते १६, ३० गते १७ र चैत १ गते १९ जना सक्रिय सङ्क्रमित रहेका छन् भने हिजो ६ जना नयाँ सङ्क्रमित थपिएका छन ।
अहिले २० सक्रिय सङ्क्रमित रहेका छन् । स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि स्वास्थ्यसम्बन्धी मापदण्ड अपनाउन, खोपको अतिरिक्त मात्रा अर्थात् ९बुस्टर डोज० लगाउन आग्रह गरेको छ । अ