spot_img
spot_img
spot_img

पहिलो एकदिवसीयमा भारतद्वारा अस्ट्रेलिया ५ विकेटले पराजित

spot_img

४ चैत्र, एजेन्सी ।

भारत र अस्ट्रेलियाबीचको तीन खेलको एकदिवसीय शृङ्खलाको पहिलो खेलमा भारतले अस्ट्रेलियालाई ५ विकेटले पराजित गरेको छ । अस्ट्रेलियाले दिएको १८८ रनको लक्ष्य भारतले ३९।५ ओभरमा ५ विकेट गुमाएर पुरा गरेको थियो । भारतका लागि केएल राहुलले सर्वाधिक ७५ रन बनाएर अविजित रहे भने अस्ट्रेलियाका मिचेल स्टार्कले ३ विकेट लिए ।

यसअघि भारतले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । दोस्रो ओभरमै पहिलो विकेट गुमाएको अस्ट्रेलियाले खराब सुरुवात गरेको थियो । तर, त्यसपछि स्मिथ र मार्सले इनिङ्सलाई सम्हालेका थिए । स्मिथ १३ औं ओभरमा २२ रन बनाएर आउट भए । यसबेला अस्ट्रेलियाको स्कोर ७७ रन थियो । १२९ रनको स्कोरमा मिचेल मार्स पभिलियन फर्किए । यसपछि कोही पनि लामो समय टिक्न सकेनन् र अस्ट्रेलियाको पूरा इनिङ ३५।४ ओभरमा १८८ रनमा समेटियो । भारतका मोहम्मद सामी र मोहम्मद सिराजले ३–३ विकेट लिए ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img