spot_img
spot_img
spot_img

देवदह आदर्श बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनको सम्पुर्ण तयारी पुरा

spot_img

देवदह // चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको लागि देवदह आदर्श बहुमुखी क्याम्पसमा सम्पूर्ण तयारी पुरा भएको छ। स्ववियू निर्वाचन समिति, देवदह आदर्श बहुमुखी क्याम्पसले शनिबार पत्रकार सम्मेलन गरी स्ववियू निर्वाचनका लागी आवश्यक सम्पूर्ण तयारी पुरा भएको जनाएको छ।

पत्रकार सम्मेलनमा बोल्दै स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन समितिका निर्वाचन अधिकृत होमनाथ शर्माले क्याम्पसमा ४ वटा विद्यार्थी संगठन दर्ता भएको जानकारी दिनु भयो। क्याम्पसमा ७ सय १२ जना मतदाता रहेका निर्वाचन अधिकृत शर्माले बताउनुभयो। शर्माले अध्यक्षमा ३ जना, सचिवमा ३ जना, कोषाध्यक्षमा ३ जना र ५ जना सदस्यको लागि ३ वटा संगठनबाट १३ जनाले प्रतिस्पर्धा गरिरहेको जानकारी दिनु भयो । उहाले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, र मर्यादीत बनाउनको लागि सुरक्षा व्यवस्थालाई विशेष ध्यान दिएको र  मतदान केन्द्र भित्र मोवाईल, आगजन्य पदार्थ र हातहतियार लैजान नपाउने व्यवस्था गरिएको जानकारी दिनु भयो ।

भोली चैत ५ गते विहान ८ बजे देखि सुरु गरिने स्ववियु निर्वाचन वेलुका ४ वजे सम्म मतदान गर्न पाउने ब्यबस्था गरिएको निर्वाचन अधिकृत शर्माले जानकारी दिनुभयो। मतदान गर्नको लागि ‘क’ र ‘ख’ गरी दुईवटा मतदान केन्द्र बनाइएको छ । ‘क’ मतदान केन्द्रमा क्रम संख्या १ देखि ३५६ सम्मका विद्यार्थी मतदाताले मतदान गर्नेछन् भने ‘ख’ मतदान केन्द्रमा क्रम संख्या ३५७ देखि ७१२ ले मतदान गर्ने बताइएको छ। त्यस्तै भोली नै मतगणना समेत सुरु गर्ने निर्वाचन अधिकृत शर्माले जानकारी दिनुभयो। विद्यार्थी परिचायपत्र, नागरिक, लाईसन वा फाटो सहितको परिचय खुल्ने कागजपत्र भएपनि मतदान गर्न पाउने शर्माले जानकारी दिनु भयो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img