सुरज भट्टराई,बुटवल । रुपन्देहीस्थित बुटवल बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेकपा एमाले निकट अनेरास्ववियुको प्यानलै निर्वाचित भएको छ ।
कूल २६ सय ८१ मत खसेकोमा सोमवार विहान सम्पन्न मतपरिणाम अनुसार अनेरास्ववियुका दुर्गा बहादुर एमसीले १२ सय १४ मत ल्याएर स्ववियु सभापतिमा निर्वाचित भएका हुन्।
उनका प्रतिस्पर्धी अखिल क्रान्तिकारीका शिव बहादुर खवासले ६ सय ३५ मत ल्याए । उनीहरुको मतान्तर ५ सय ७९ भएको छ ।
सचिवमा अखिलका निलकण्ठ पाण्डे, कोषाध्यक्ष शशांक बस्याल विजयी भएका छन् । सदस्यमा नविन खनाल, सूचना भण्डारी, सुनिल कार्की, भूकम्प अर्याल, विमल कुमार पासी, सागरी एमसी, प्रज्वल बस्नेत, विवेक कुवँर विजयी भए। लुम्बिनी प्रदेशको सवैभन्दा ठूलो बुटवल बहुमुखीमा अनेरास्वबियुको शुरुवातदेखि नै वर्चश्व रहेको छ । विगतको बिरासतलाई यसपाली पनि अनेरास्ववियूले कायम राखेको हो। स्ववियु सभापतिमा निर्वाचित एमसी प्युठान निबासी हुन।