कञ्चन ।
रुपन्देहीको कञ्चन गाँउपालिकामा पालिकाका महिलाहरुको क्षमता तथा संस्थागत विकासका लागि ४ दिने संस्थागत नेतृत्व तथा क्षमता विकास सम्बन्धी ४ दिने उद्घोषण तालिम सञ्चालन भएको छ। तालिमको उद्घाटन कञ्चन गाँउपालिकाका अध्यक्ष नवराज ढकालले गर्नुभएको थियो । तालिमको उद्घाटन गर्दै अध्यक्ष ढकालले मानविय बिकास विना भौतिक बिकासको कसैले पनि अपनत्व गर्न नसक्ने बताउनुभयो। जब भौतिक बिकासको शुरुवात भयो, मानविय बिकासको समेत कल्पना गरिएको उल्लेख गर्दै अध्यक्ष ढकालले सवल कञ्चन बनाउन भौतिक विकासलाई दिगो बनाउन मानविय बिकासको आवस्यकतालाई मध्यनजर गर्दै महिलाहरुको क्षमता विकासका लागि तालिम सञ्चालन गरिएको बताउनुभयो ।
तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई सम्बोधन गर्दै गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत सागर गौतमले समाज रुपान्तरणमा महिलाहरुको भुमिका निकै महत्वपुर्ण हुदै आएको र हरेक समयानुकुल हरेक महिलाहरुको संस्थागत नेतृत्व र क्षमता विकासमा समेत जोड दिन आवस्यक रहेको बताउनुभयो। कार्यक्रमको अध्यक्षता गर्दै गाउँपालिकाका उपाध्यक्ष मौसमी थापा मगरले कञ्चनका हरेक महिलाहरुको संस्थागत नेतृत्व बिकास हुन सकेन र वाककला भएन भने आफुभित्र भएका परिवर्तनका सोंचहरु गर्भमै रहने उल्लेख गर्नुभयो। तालिम लिनुको अर्थ सिप विकास गर्नु भएकोले सिकेको सिपलाई आफ्नो ठाउमा रहेर आफु सम्बद्ध संस्थाहरुको बिकासमा लाग्नु पर्ने समेत उपाध्यक्ष थापा मगरले जोड दिनुभयो।
तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई स्वगत गदै कार्यपालिका सदस्य तथा प्रवक्रा चित्र तुलाचनले सवल र नेतृत्व क्षमता भएका महिलाहरुले नेतृत्व गरेको संस्थाले तुलनात्मक रुपमा संस्थागत विकास भएको उल्लेख गर्नु भयो। तालिममा सहभागी महिला दिदि बहिनीहरुले आफु सम्बद्ध संस्थाहरुलाई सवल रुपमा नेतृत्व गर्नु पर्ने र सिकेको सिपलाई अन्य सदस्य र छिमेकी महिला दिदि बहिनीहरुलाई सिकाउनु पर्ने प्रवक्ता तुलाचनले बताउनु भयो। महिलाहरुमा बक्तृत्व, नेतृत्व बिकास संगसंगै उद्यमशिलताको समेत बिकास गर्न प्रवक्त तुलाचनले जोड दिनुभयो। कञ्चन गाँउपालिका महिला बालबालिका शाखा प्रमुख तथा सहायक महिला बिकास निरीक्षक राधा भट्टराईले सञ्चालन गर्नु भएको कार्यक्रममा कञ्चन गाँउपालिकामा कृयाशिल बिभिन्न संघसंस्थाका करिब ७५ जना महिलाहरुको सहभागिता रहेको छ।