spot_img
spot_img
spot_img

बर्दियामा बाघको आक्रमणबाट २ जनाको मृत्यु

spot_img

६ चैत, बर्दिया ।

बर्दियाको मधुवन नगरपालिकामा पाटे बाघको आक्रमणबाट दुई जना महिलाको मृत्यु भएको छ । बर्दिया मधुवन नगरपालिका ५ को चिरौति सामुदायिक वनमा घाँस काट्न गएका बेला पाटे बाघको आक्रमणमा परी मधुवन ५ की ५० वर्षीया धनसरा गुरुङ र ५५ वर्षीया समुन्द्री बुढाक्षेत्रीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक (डीएसपी) हिक्मतबहादुर बोहोराले जानकारी दिनुभभएको छ ।

राष्ट्रिय वन तथा सामुदायिक वन र बर्दिया निकुञ्ज आसपासका मध्यवर्ती सामुदायिक वनमा घाँस, दाउरा लिन र च्याउ टिप्न गएका बेला पाटे बाघको आक्रमण भएको प्रहरीको भनाई छ । मृतक दुई जना महिलाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गुलरिया लगिएको छ

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img