spot_img
spot_img
spot_img

रेसुङ्गा स्ववियु चुनाव सभापतिमा नेविसङ्घका पुनाराम घिमिरे निर्वाचित

spot_img

गुल्मी ।

गुल्मीको रेसुङ्गा बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को सभापतिमा नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) का पुनाराम घिमिरे निर्वाचित हुनुभएको छ । अनेरास्ववियु र अखिल क्रान्तिकारीको संयुक्तबाट सभापतिका उम्मेदवार बन्नुभएका नवीन अर्याललाई पराजित गर्दै घिमिरे निर्वाचित हुनुभएको हो । सभापतिमा निर्वाचित घिमिरेले ३ सय ९५ मत प्राप्त गर्दारी बिजयी बन्दा उहाँका प्रतिस्पर्धी अर्यालले २ सय ६८ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी सचिवमा नेविसङ्घका सुदीप खत्री, कोषाध्यक्षमा यमुना सेन मुना र सदस्यहरूमा अनिष पन्थी, अनुप सुनार, एलिशा पाण्डे, किरण थापा र कमल कुँवर निर्वाचित हुनुभएको छ । रेसुङ्गा क्याम्पसको स्ववियु चुनावमा अनेरास्ववियु र अखिल–क्रान्तिकारीबीच तालमेल हुँदा नेविसङ्घ एक्लै चुनावी प्रतिस्पर्धामा थियो । रेसुङ्गा बहुमुखी क्याम्पसमा अध्ययनरत ७ सय ६१ जना विद्यार्थीमध्ये ६ सय ७१ जना मतदानमा सहभागी भएका थिए ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img