१० चैत, काठमाडौं ।
इस्लाम धर्मावलम्बीहरूको मजान पर्व शुक्रबारबाट सुरु भएको छ । इस्लाम धर्मावलम्बीहरूले एक महिनासम्म मनाउने रमजान पर्व शुक्रबारबाट सुरु भएको हो । हिजरी संवतको नवौं महिनामा सुरु भएर एक महिनासम्म चल्ने रमजानभर इस्लाम धर्मावलम्बीहरुले सूर्योदयदेखि सूर्यास्तसम्म पानी पनि नपिई व्रत बस्ने गर्दछन । कठोर व्रतको रुपमा रहेको रोजा बस्दा अल्लाहको कृतज्ञता प्राप्त हुने धार्मिक विश्वास छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??