देवदह // रुपन्देहीको देवदह नगरपालिका स्वास्थ्य शाखाले विश्व क्षयरोग दिवसको अवसरमा सचेतना तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ। विश्व क्षयरोग दिवस २०२३ मार्च २४ ुहो हामी क्षयरोग अन्त्य गर्न सक्छौु भन्ने मुल नाराका साथ देवदह वडा नं ७ शित्तलनगर आधारभुत स्वास्थ्य सेवा केन्द्रमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो।
आधारभुत स्वास्थ्य केन्द्र व्यवस्थापन समिति एवम् वडा नं ७ का वडा अध्यक्ष कृष्णप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै अधिकारीले समुदायमा क्षयरोगको रोकथाम तथा नियन्त्रण गर्न स्वास्थ्य आमा समुहको भुमिका बारेमा जानकारी गराउदै यो रोग प्रतिको आमधारणालाई परिवर्तन गरी खुलेर चेक जांचको दायरामा ल्याउन स्वास्थ्य आमा समुहको मुख्य भुमिका रहने बताउनुभयो।उहाँले स्वास्थ्यकर्मीको एकल प्रयासले मात्र आफ्नो समुदाय क्षयरोग मुक्त गर्न नसकिने भन्दै सबै सचेत बनेर आफ्नो र समुदायको स्वास्थ्य प्रति चनाखो रहना सवैलाई अनुरोध समेत गर्नुभयो।
शिर्जनशिल स्वास्थ्य आमा समुहका सदस्यहरूको बिचमा हाम्रो समुदायमा क्षयरोगको वर्तमान अवस्थाको बारेमा अन्तरक्रिया गरिएको हो। कार्यक्रममा स्वास्थ्य शाखा क्षय कुष्ठ रोग फोकल पर्सन जनस्वास्थ्य निरीक्षक गिरी त्रामुले क्षयरोगको परिचय, वर्तमान अवस्था , रोग लाग्ने कारण, चिन्ह लक्षण, तथा जोखिममा रहेका समुह बारेमा प्रस्ट पार्नु भएको थियो। कार्यक्रम सेवा केन्द्र प्रमुख हेमलाल कुवरको सञ्चालनमा भएको थियो।