देवदह। रुपन्देहीको देवदहमा संचालित दोस्रो संगम कप नकआउट फुटबल प्रतियोगिताको पहिलो चरणको सम्पुर्ण खेल सम्पन्न भएको छ। प्रतियोगितामा कुल ३२ टिम सहभागीता रहेका थिए।
प्रतियोगिताको पहिलो चरणका खेलमा देवदह ब्वाइज, ढेकावर, रामनगर एफ सि,तिलोत्तमा , दिपज्योती एफ सि,बुटवल , सिद्धार्थ एफ सि,खैरेनी, मैत्री एफ सि,बिर्ता, भलुही एफ सि,भलुही, सुनवल युनाईटेड,सुनवल, बुटवल मिड टाउन एफ सि,बुटवल, थापा स्पोर्ट्स,सुनवल, रामपुर एफ सी,नवलपरासी, लुम्बिनी एफ सी,बुटवल, भुपु शैनिक एफ सी,भुपु शैनिक, सयपत्री एफ सी, आर.वाइ.सि एफ सी, एल.ई.डि वेसक्याम्प र सुनवल १३ विजयी हुँदै दोस्रो चरणमा प्रवेश गरेका छन्।
प्रतियोगिताको पहिलो चरणको ९ औं दिन भएको एल.ई.डी वेसक्याम्प र राधाकृष्ण युवा क्लब बिच भएको खेलमा राधाकृष्ण युवा क्लब बिजयी भएको छ। उक्त खेलमा सञ्जय गुरुङ म्यान अफ दि म्याच घोषित भएका थिए।
त्यस्तै सो दिनको दोस्रो खेल तथा प्रतियोगिताको पहिलो चरणको अन्तिम खेल आज संगम फुटबल क्लब र सुनवल १३ बिच भएको थियो। खेलमा निर्धारित समयमा दुवै टिमबाट २-२ गोलको बराबरीमा सकेपछि खेल ट्राईवेकरमा गएको थियो। ट्राईवेकरमा संगम फुटबल क्लबका खेलाडीले प्रहार गरेकोे बल सुनवल १३का किपरले रोक्न सफल भएपछि उक्त खेल आफ्नो पोल्टामा पार्न सफल भएको हो।
प्रतियोगितामा प्रथम हुने टिमले नगद ८० हजार , शिल्ड मेडल र प्रमाणपत्र र दोस्रो हुने टिमले नगद ५० हजार शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
प्रतियोगिताको दोस्रो चरणको पाइलो खेल भोली देवदह ब्वाइज र दिपज्योती फुटवल क्लब बिच हुने र दोस्रो चरणको दोस्रो खेल रामनगर फुटबल क्लब र सिद्धार्थ फुटबल क्लब बिच हुने आयोजकले जनाएको छ।