प्युठान । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल प्युठानको जिल्ला अध्यक्षमा विशेक थापा चयन भएका छन। शनिवार विजुवारमा सम्पन्न संघको १० औं जिल्ला अधिवेशनले थापाको अध्यक्षतामा ६३ सदसिय नयाँ कमिटी सर्वसम्मत चयन गरेको हो । कमिटीको उपाध्यक्ष महेश पाण्डे, सचिव किरण सुनार, उप-सचिव तिलक खड्का र काेषाध्यक्षमा कमल जि.सी. रहेका छन् ।
कार्यक्रम उद्घाटन शत्रमा प्रमुख अतिथि पौडेलले राष्ट्रिय युवा संघ नेपाललाई हरेक युवाको आकर्षणको थलो बनाउनुपर्नेमा जोड दिए।
संगठन प्रत्येक युवाको घर घरमा पुग्नु पर्ने उनले बताए। पौडेलले राष्ट्रियताको भावना युवा संघमा मात्रै रहेको उल्लेख गर्दै राष्ट्र र राष्ट्रियता संकटमा परेका बेला युवाहरुले जस्तोसुकै कदम उठाउन सक्नुपर्ने बताए।
समाजमा रहेका बेथिति बिरुद्ध युवा उभिनुपर्नेमा पौडेलको जोड छ ।
उद्घाटन शत्रमा लुम्बिनी प्रदेशका मन्त्री तुल्सिराम शर्मा, एमाले प्युठानका अध्यक्ष बिजय बिराज बिष्ट लगायतले शुभकामना मन्तव्य राख्दै युवा संघ नेपालले युवाको भावनाको नेतृत्व गर्न सक्नुपर्ने बताए। अधिवेशनमा युवा संघ प्युठानका पुर्व जिल्ला अध्यक्षहरुलाइ सम्मान समेत गरिएको थियो।