spot_img
spot_img
spot_img

नेपाल भेटेरिनरी एशोसिएसन- लुम्बिनी प्रदेश को तेस्रो साधारण सभा तथा अधिवेशन सम्पन्न

spot_img

बुटवल // नेपाल भेटेरिनरी एशोसिएसन- लुम्बिनी प्रदेश समितिको तेस्रो साधारण सभा एवं अधिवेशन बुटवलमा सम्पन्न भएको छI कार्यक्रम प्रादेशिक समितिका अध्यक्ष्य पशु चिकित्सक डा. बसन्त आचार्यको सभापतित्व र नेपाल भेटेरिनरी एशोसिएसनका केन्द्रिय अध्यक्ष पशु चिकित्सक डा. शीतल काजी श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

अधिवेशनले पशु चिकित्सक डा. युवराज पन्थको अध्यक्षतामा ११ सदस्य सहित को नया कार्यकारी समिति चयन गरेको छI समितिको उपाध्यक्षमा डा. सुमन कुमार सिंह, सचिवमा डा. भरत काफ्ले, सह-सचिवमा डा. अविनाश क्षेत्री र कोषाध्यक्षमा डा. अशोक पाराजुली निर्वाचित हुनु भएको हो। त्यसैगरि सदस्यहरुमा डा.मदन भन्डारी, डा. कृष्णा खडका, डा. सुमित सिंह जिसि, डा.केशब लम्साल, डा. पवन पाण्डे र डा. माधब रावत निर्वाचित भएका छन्। अबको कार्य समितिले सरकारी, गैरसरकारी, निजि क्षेत्रमा रहेका सम्पूर्ण लुम्बिनी प्रदेशका पशु चिकित्सक को हकहितका लागि काम गर्ने नव निर्वाचित अध्यक्ष डा. युवराज पन्थले जानकारी गराउनु भएको थियो।
हालको कार्यसमिती युवा हरुको नेतृत्वमा बनेको उत्साहजनक समिति भएको नव निर्वाचित सचिव डा. भारत काफ्ले बताउनुभयोI प्रदेशका सम्पूर्ण पशु चिकित्सकहरुको विभिन्न नवीन प्राविधिक सीप विकास गरि पशु पालन क्षेत्रलाई वैज्ञानिक ढंगले प्रबर्धन गर्न यस कार्यसमितीले अहोरात्र खटिने प्रतिबद्धता जनाएको छ।

नेपाल भेटेरिनरी एशोसिएसन देश भित्र र देश बाहिर छरिएर रहेका पशु चिकित्सकहरुको पेशागत हकहित र मर्यादाको संरक्षण र सम्बर्धन गर्नको लागी स्थापित छाता संगठन हो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img