spot_img
spot_img
spot_img

नवलपरासीमा बेवारिसे अवस्थामा ९ वटा बम फेला, सेनाद्वारा निष्क्रिय

spot_img

नवलपरासी ।

पूर्वी नवलपरासीको विनयीत्रिवेणि गाउँपालिका–५ को भेडी गाउँमा ९ वटा बम बेवारिसे अवस्थामा बम फेला परेका छन। फेला परेका ति नौ वटा बमलाई आज सोमवार नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय बनाएको छ । आइतवार बारीमा बम देखिएपछि स्थानीय जनप्रतिनिधिले प्रहरीलाई खबर गरेका थिए। जङ्गलमा चौपाया चराउन गएका किसानहरूले बारीमा बम देखेपछि खोतल्दै जाँदा एकै ठाउँमा नौ वटा बम देखिएको थियो ।

कावासोती–१ मा रहेको नेपाली सेनाको २ नम्बर वन तथा पर्यावरण सुरक्षा गण हात्तीखोरको टोली बम फेला परेको ठाउँमा पुगेर सबै बमलाई निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रमुख भुवनेश्वर तिवारीले जानकारी दिनुभयो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img