spot_img
spot_img
spot_img

चिनियाँ अर्बपति ज्याक मा लामो समयपछि सार्वजनिक

spot_img

एजेन्सी ।

चिनियाँ अर्बपति ज्याक मा लामो समयपछि सार्वजनिक कार्यक्रममा देखा पर्नुभएको छ । सन् २०२० मा चीनको आर्थिक नियामकहरूको आलोचना गरेपछि सार्वजनिक कार्यक्रममा कमैमात्र देखिनुभएका मा हाङ्जाउको विद्यालयमा देखा पर्नुभएको हो। चिनियाँ कम्पनी अलि बाबाका संस्थापक ज्याक मा केही समयअघि मात्रै चीन फर्कनुभएको साउथ चाइना मर्निङ पोस्टलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । उहाँ एक वर्षभन्दा बढी समयदेखि विभिन्न देशको भ्रमणमा रहनुभएको चाइना मर्निङ पोस्टले जनाएको छ। चीनमा सरकारले प्राविधिक उद्यमीहरूमाथि कडाइ गर्न थालेपछि बेपत्ता हुनेमा ज्याक मा सबैभन्दा उच्च प्रोफाइल अर्बपति हुनुहुन्थ्यो । ज्याक मा लामो समय सार्वजनिक हुन नसक्नुको कारण भने अहिलेसम्म सार्वजनिक भएको छैन।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img