spot_img
spot_img
spot_img

अमेरिकाको मिसिसिपीमा सङ्कटकाल घोषणा : आँधीका कारण जनजीवन प्रभावित

spot_img

एजेन्सी ।

अमेरिकाको मिसिसिपीमा सङ्कटकाल घोषणा गरिएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले दक्षिणी राज्य मिसिसिपीमा आएको विनाशकारी आँधीका कारण गरिएको सङ्कटकालको घोषणालाई अनुमोदन गर्नुभएको छ। उहाँले आँधी तथा चक्रवातबाट प्रभावित क्षेत्रमा पुनर्स्थापनाका प्रयासलाई तीव्र पार्न सङ्घीय सहायताको आदेश दिनुभएको छ ।

मिसिसिपी आपत्कालीन व्यवस्थापन निकायले आँधीबेहरी अझै केही दिन सक्रिय रहनसक्ने चेतावनी दिएको छ । शुक्रवार आएको आँधी र चक्रवातबाट मिसिसिपीमा कम्तीमा २६ जनाको ज्यान गएको छ । खोज तथा उद्धारको प्रयास भइरहेको पनि राज्य सरकारले जनाएको छ । दुई सय ६५ देखि तीन सय २० किलोमिटरको वेगमा पाँचदेखि १० मिनेटसम्म आएको आँधीले ठूलो क्षति गरेको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img