काठमाण्डौ ।
गण्डकी प्रदेश सरकारले चैते दशैँ पर्वका अवसरमा पर्सि १५ गते बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मन्त्रिपरिषद्को विसं २०७८ साल चैत १८ गतेको निर्णयअनुसार सार्वजनिक विदा दिइएको जनाएको छ । प्रदेशभरका सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा रहेको मन्त्रालयका उपसचिव चण्डिका पौडलले जानकारी दिनुभयो । चैत्राष्टमीका बेला यहाँका शक्तिपीठ एवम् देवीका मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्छ । हेरक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गाको पूजाआराधना गरी चैते दशैँ मनाउने गरिन्छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??