१५ चैत, बुटवल ।
लुम्बिनी सामुदायिक टेलिभिजनको १७औं वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ । साधारणसभाको पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको हो । कार्यक्रमको उद्घाटन गर्दै ओलीले युट्युब, टिकटक र फेसबुकसँग टेलिभिजन डराउन नपर्ने बताउनुभएको छ । टेलिभिजनकै सूचना र समाचार सामग्रीहरु युट्युब र टिकटकमा आउने गरेको बताउनुभयो ।
विश्वमै टेलिभिजनको इतिहास धेरै पुरानो नभई १०२ वर्षको मात्रै रहेको र नेपालमा १९८५ देखि श्याम श्वेत टेलिभिजन प्रसारण सुरु भएको उल्लेख गर्दै ओलीले बदलिँदो समय अनुसार नयाँ प्रविधिको प्रयोग गरे सञ्चार माध्यमको प्रभावकारिता बढ्ने सुझाव दिनुभएको थियो । २०४६ को परिवर्तनपछि सञ्चार जगतले व्यापकता लिएको उल्लेख गर्दै ओलीले ग्यालेक्सी प्रविधि अझै नेपालमा आइनसकेको बताउनुभयो ।