१५ चैत्र, काठमाडौँ ।
पछिल्लो समय कोरोना संक्रमितको संंख्या बढ्दै गएको छ । २४ घण्टामा थप ३४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १ हजार ३३० जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट २५ तथा एन्टीजेन विधिबाट ९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । मन्त्रालयले देशभर पीसीआर विधिबाट सक्रिय सङ्क्रमितको सङ्ख्या १०३ पुगेको जनाएको छ । पछिल्लो २४ घण्टामा थप ६१ हजार १२९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??