spot_img
spot_img
spot_img

मेलालाई पर्यटनसंग जोडेर लैजानुपर्छ : छविलाल विश्वकर्मा

spot_img

देवदह ।

मेलालाई पर्यटन संग जोडेर लैजानुपर्ने प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माले बताउनुभएको छ । उहाले भगवान गौतम बुद्धको मावली देवदहलाई पर्यटकीय हवको रुपमा अगाडि बढाउन सके आर्थिक विकास हुनेमा जोड दिनु भयो । चैते दशैको अवसरमा कोलियराज्य बुद्ध मावली श्रेत्र विकास समिति देवदह–४, भवानीपुरले आयोजना गरेको ऐतिहासिक रामनवमी मेला तथा विविध सांस्कृतिक तथा खेलकुद कार्यक्रममा बोल्दै उहाले उक्त कुरा बताउनु भएको हो । पुर्वमन्त्री समेत रहनु भएका विश्वकर्माले देवदह विविध सांस्कृतिक महत्व बोकेको स्थल रहेकोले यस क्षेत्रको विकासको लागि आफुले पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाले देवदहमा लुम्विनी बाद्ध विश्वविद्यालय स्थापना भएसंगै देवदहको विकासमा ईट्टा थप्ने काम भएको बताउनु भयो । नेकपा एमालेका केन्द्रिय सचिव समेत रहनु भएका सांसद विश्वकर्माले देवदहलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरी आन्तरिक तथा वाह्य पर्यटक भित्रयाउने गरी काम गर्न आवश्यक रहेको औल्याउनु भयो । उहाले भवानीपुरमा लाग्दै आएको रामनवमी मेला देवदहको गहना भएकोले आागामी दिनमा यसलाई व्यवस्थित गरेर जानु पर्नेमा जोड दिनुभयो । उहाले रोहिणी नदीलाई व्यवस्थित गर्न सके देवदहलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न टेवा पुग्ने बताउदै रोहिणी नदीको विकासको लागि संघीय सरकारले सहयोग गर्ने बताउनुभयो । उहाले देवदह ऐतिहासिक क्षेत्र भएकोले पुरातात्विक क्षेत्र अतिक्रमण नगरी संरक्षण गर्न आवश्यक रहेको बताउनुभयो ।

कोलियराज्य बुद्ध मावली श्रेत्र विकास समितिका अध्यक्ष लिलावल्लवभ भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा लुम्विनी प्रदेश सभा सदस्यद्धय जानकी न्यौपाने, निर्मला चौधरी, देवदह नगर प्रमुख धु्रवप्रसाद खरेल, पुर्व प्रदेश सासंद डा. कृष्णप्रसाद न्यौपाने, नगर प्रवक्ता गणेश डुम्रे, देवदह–४, का वडाअध्यक्ष दमननाथ रेग्मी, २ का वडाअध्यक्ष दलबहादुर राकासकोटी, नेपाल भारत मैत्री संघका उपाध्यक्ष वासुदेव रिमाल, समाजसेवी प्रकाश अर्याल लगायतले आ–आफना भनाई राख्नु भएको थियो । देवदहको भवानीपुरमा लाग्दै आएको रामनवमी मेला विगत दुई बर्ष कोडिभका कारण रोकिएको थियो । कार्यक्रममा राष्ट्रिय कलाकार तेजु अर्याल, प्रशान्त गैरे, थारु कलाकार उमा चौधरी, दिपेन चौधरी, स्थानीय कलाकारहरुले सांस्कृति प्रस्तुती प्रस्तुत गरेका थिए । कार्यक्रममा थारु समुदायमा प्रचलित झुमडा नाच, दण्डीया नाच तथा विभिन्न जातीय संस्कृति झल्कने सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो । सांस्कृतिक संयोजक तेजु अर्यालको स्वागत र दिनेश चौधरीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । मेलामा रुपन्देही, नवलपरासी, पाल्पा, भारतको विभिन्न स्थानका मानिसहरुले मेला भर्न आएको आयोजकले जनाएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img