भैरहवा ।
चन्द्र सूर्य सिनेमा प्रा.लि.को आयोजनामा शुक्रवारबाट बौद्ध दर्शन र जीवनीमा आधारित चलचित्र निर्माण, अन्तराष्ट्रिय बजार तथा पर्यटन प्रबद्र्धन सम्बन्धी कार्यशाला गोष्ठी २०७९ शुरु भएको छ। उक्र कार्यशाला गाष्ठीको सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले एक कार्यक्रमका बिच भैरहवामा उद्घाटन गर्नुभयो। चलचित्र बिकास बोर्ड, पर्यटन बोर्ड, लुम्बिनी बौद्ध विश्व विद्यालय,लुम्बिनी र नेपाल चलचित्र पत्रकार संघ, रुपन्देहीको सहकार्यमा “बौद्ध दर्शन र जीवनीमा आधारित चलचित्रि निर्माण, अन्तराष्ट्रिय बजार तथा पर्यटन प्रबद्र्धन सम्बन्धी कार्यशाला गोष्ठी लुम्बिनी बिश्व विद्यालयको सभाहलमा तिनदिन सम्म सञ्चालन हुनेछ। गोष्ठीको शुभारम्भ गर्दै मन्त्री शर्माले चलिपचत्र सजिव ईतिहास भएको र चलचित्रबाट देशको राष्ट्रियता र पहिचानमा महत्वपुर्ण भुमिका खेल्ने उल्लेख गर्नु भयो। देशका शिखर पुरुषको जीवनीमा आधारित रहेर चलचित्र निर्माण गरिनु सामान्य बिषय नभएको उल्लेख गर्दै मन्त्री शर्माले कार्यशाला गोष्ठीबाट जीवनीमा आधारित चलचित्र निर्माण गर्न सक्ने जनशक्तीको उत्पादन हुने कुरामा विशवास ब्यक्त गर्नु भयो। विश्व शान्तीका अग्रदुत गौतम बुद्धको जीवनीमा आधारित चलचित्र निर्माण गरी पर्यटन प्रबद्र्धन गर्न सके अन्तराष्ट्रिय स्तरमा नेपालको चिनारी अझ बलियो हुने समेत मन्त्री शर्माले उल्लेख गर्दै कुनैपनि चलचित्र निर्माण गर्नका लागि नेपाल आकर्षणको केन्द्र रहेको बताउनुभयो।
लुम्बिनी प्रदेश सभा सदस्य सन्तोष पाण्डेले “बौद्ध दर्शन र जीवनीमा आधारित चलचित्रि निर्माण, अन्तराष्ट्रिय बजार तथा पर्यटन प्रबद्र्धन सम्बन्धी कार्यशाला गोष्ठी पहिलो पटक उपत्यका बाहिर सञ्चालन गरिनु आफैमा चुनौती भएको उल्लेख गर्नु भयो। लुम्बिनी प्रदेश हरेक पक्षले सम्भावना बोकेको प्रदेश भएको र गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा गौतमबुद्धको दर्शन र जीवनीमा आधारित चलचित्रि निर्माण, अन्तराष्ट्रिय बजार तथा पर्यटन प्रबद्र्धन सम्बन्धी कार्यशाला गोष्ठीलुम्बिनीलाई चलचित्रको नजरबाट हेर्न लाग्नु पर्यटकिय दृष्टिले सखद पक्ष रहने सभासद पाण्डेले उल्लेख गर्नु भयो। लुम्बिनी प्रदेशलाई केन्द्रमा राखेर चलचित्र निर्माण गर्नका लागि आफुले आवस्यक सहयोग समेत गर्ने सभासद पाण्डेले प्रतिबद्धता जनाउनु भयो।
यसैगरी चलचित्र बिकास बोर्डका अध्यक्ष तथा सुपरस्टार भुवन के.सीले बिकास बोर्डले देशको कला साहित्य तथा संस्ृकृतिको संरक्षण तथा सम्बद्र्धन गर्नमा पहल गर्दै आएको भएपनि पुरानो चलचित्र सम्बन्धी ऐन र नीतिले समयानुकुल काम गर्न नसकेको स्विकार्नु भयो। यस्तै जिल्ला समन्वय समिति कपिलबस्तुका प्रमुख बावुराम आचार्यले बौद्ध दर्शन र जिवनीमा चलचित्र निर्माणका लागि कपिलबस्तु, रुपन्देही र नवलपरासीको सबै स्थानीय तहहरुले आवस्यक सहयोग गर्ने बताउदै बौद्ध दर्शन र जीवनीमा आधारित चलचित्र निर्माणले देशको राष्टिरयता र पर्यटन बिकासमा कोशेढुंगा सावित हुने उल्लेख गर्नु भयो। शुद्धेधन गाउपालिकाका अध्यक्ष बिष्णु प्रसाद बस्याल, बरिष्ठ अभिनेत्री बसुन्धरा भुसाल, बरिष्ठ कलाकार सुनिल थापा लगायतले शुभकामना मन्तब्य राख्नु भएको कार्यक्रममा चलचित्र बिकास बोर्डका पुर्व सदस्य तथा चलचित्र निर्देशक विमल पौडेलले कार्यक्रमको बिषयबस्तुबारे जानकारी दिनुभएको थियो।
चन्द्र सूर्य सिनेमा प्रा.लि.का अध्यक्ष तथा चलचित्र निर्माता किसान पोख्रेलको अध्यक्षता तथा नेपाल चलचित्र पत्रकार संघ रुपन्देहीको अध्यक्ष मोहन न्यौपानेको स्वागमा सम्पन्न कार्यक्रमको सञ्चालन नेपाल चलचित्र पत्रकार संघ रुपन्देही सचिव बिकास गौतमले गर्नु भएको थियो। गोष्ठीमा चलचित्र निर्देशक तथा साहित्यका प्रकाश सायमी, नाट्य निर्देशक तथा अभिनेता राजेन्द्र सलभ, बरिष्ठ कलाकार सुनिल थापा, अभिनेत्री बसुन्धरा भुसाल, डा. बालकृष्ण चापागाई, लुम्बिनी विश्व विद्यालयका प्रेफ्रेसर शारदा पौड्याल लगायतले जीवनीमा चलचित्र निर्माण सम्बन्धी प्रशिक्षण दिनु हुने नेपाल चलचित्र पत्रकार संघ रुपन्देहीका निवर्तमान अध्यक्ष सुमन श्रेष्ठले जानकारी दिनु भएको छ।