कञ्चन ।
रुद्रपुर युृवा क्लव, कञ्चन ४ रुपन्देहीको आयोजना तथा मनकामना आमा समूह, बागेश्वरी आमा समूह र कल्याणकारी आमा समूहरुके संयुक्त सहयोगमा भएको रक्तदान कार्यक्रममा २९ जना रक्तदाताले रक्तदान गरेका छन। रक्तदान कार्यक्रमको शुभारम्भ कञ्चन गाउपालिका वडा नं ४ का वडा सदस्य अध्यक्ष कुल बहादुर खत्रीले गर्नुभयो। नेपाल रेडक्रस सोसाइटी, कञ्चन उपशाखाको सहकार्य तथा समन्वय र रक्त सञ्चार केन्द्र, भैरहवाको प्राविधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रम आयोजित कायक्रममा उपशाखाका सभापति गंगालाल पौडेल तथा सचिव तुल बहादुर थापाको बिशिष्ट आतिथ्यता रहेको थियो। बिशिष्ट अतिथि तथा शाखाको उपसभापति पौडेलले बिभिन्न संघ संस्थाहरुको आयोजना तथा सहकार्यमा हुने रक्तदान कार्यक्रमले मृत्युशैयामा पुगेकाहरुको पनर्जिवन प्रदान हुने कार्यममा सलग्न रक्तदाताहरु भगवानको पनि भगवान भएको उल्लेख गर्नुभयो ।
यस्तै सचिव तुल बहादुर थापाले रक्तदान जिवनदान भएको र समाज रुपान्तरण एक जनाको बलले मात्र नभई सामुहिक सहकार्यबाट सम्भव हुने सचिव थापाले बताउनुभयो। कञ्चन सूचना तथा सञ्चार केन्द्र, ककञ्चन ४ रुपन्देहीको समन्वयमा वडा नं ४ मा कृयाशिल एकता आमा समूह, कञ्चन आमा समूह, बागेश्वरी आमा समूह, मनकामना आमा समूह, रुद्रपुर युवा क्लवले हरेक ३३ महिनामा रक्तदान कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ। रुद्रपुर युवा क्लदवका अध्यक्ष ला बहादुर थापाको अध्यक्षता तथा सचिव दृष्टि रानाको संचालनमा कार्यक्रम समपन्न भएको हो।