spot_img
spot_img
spot_img

अफगानिस्तान : रमजानमा गीत बजाएपछि महिलाद्वारा सञ्चालित रेडियो स्टेशन बन्द

spot_img

एजेन्सी ।

अफगानिस्तानको उत्तर–पूर्वमा रहेको रेडियो स्टेशन तालिबान प्रशासनले बन्द गराएको छ । महिलाद्वारा सञ्चालित रेडियो स्टेशनले पवित्र रमजान महिनामा गीत बजाएकाले प्रसारण बन्द गरिएको तालिबानका एक अधिकरीले बताएका छन। दश वर्षअघि प्रारम्भ गरिएको सादाई बानोवानु अर्थात् महिलाको आवाज रेडियो स्टेशनमा आठ जना कर्मचारीमध्ये छ जना महिला कार्यरत थिए ।

बदख्शान प्रान्तका सूचना तगा संस्कृति निर्देशक मोइजुद्दिन अहमदीले रमजानको समयमा गीत–सङ्गीत प्रसारण गरेर इस्लामिक कानुनको उल्लङ्घन गरेकाले प्रसारण बन्द गरिएको बताउनुभएको छ । भविष्यमा पुनः कानुनको उल्लङ्घन नगर्ने प्रतिबद्धता व्यक्त भएमा प्रसारणको अनुमति दिइने पनि उहाँले बताउनुभएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img