spot_img
spot_img
spot_img

बुटवल-पाल्पा सडक दैनिक ९ घण्टा बन्द गरिने

spot_img

बुटवल ।

बुटवल-पाल्पा सडकखण्ड दैनिक ९ घण्टा अवरुद्ध हुने भएको छ । सडकखण्ड अन्तरगत बन्दै गरेको सिद्धबाबा सुरुङ मार्ग निर्माणका लागि मंगलबारदेखि दैनिक ९ घण्टा सडक बन्द रहने एक सुचना जारी गर्दै जानकारी गराईएको हो । रामापिथेकस पार्क नजिकको क्षेत्रमा सडक डाइभर्सनको कार्य शुरु भएसंगै र माथिबाट खुकुला ढुंगाहरु पहरोबाट खस्ने भएकाले सडक सूचारू गर्दा जोखिम हुने भएकाले हरेक दिन विहान ११ बजेदेखि दिउँसो २ बजे तथा रातको १० बजेदेखि विहान ४ बजेसम्म सडक बन्द गरिने भएको छ ।

निर्माण व्यवसायी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले सडक कार्य सुरु गर्ने भएको छ । अर्को सूचना जारी नभएसम्म सडक बन्द रहने जनाईएको छ । साथै सडकमा एम्बुलेन्स लगायत अत्यावश्यकीय सवारी साधन सञ्चालनमा भने कुनै बाधा अवरोध नहुने गरी कार्य गरिने व्यवस्था मिलाउने निर्णय भएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img