भैरहवा।
कोटिहवा रुपन्देहीले ६६औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर विद्यार्थीहरुका लागि एकदिने लागूऔषध दुव्र्यनीसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ। जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेड तिलोत्तमा नगरपालिका–१५ कोटिहवाले गरेको कार्यक्रममा सहजीकरण गर्दै संस्थाकी अध्यक्ष ज्ञानु पौड्यालले पछिल्लो समय किशोर अवस्थादेखि युवाहरु विभिन्न कारणले लागूऔषध सेवन गरिरहेको पाइएको बताउनुभयो ।
उहाँले युवाहरुलाई जीवनउपयोगी कुराहरु सिकाएर कुलतमा फस्नबाट बचाउनुपर्नेमा जोड दिनुभएको छ। सहकारीका सञ्चालक एवं कोटिहवा सेवा केन्द्रका संयोजक निल प्रसाद पुनको अध्यक्षता, उपाध्यक्ष गिरी प्रसाद पुनको स्वागत तथा सचिव सरु रानाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा १५ वर्षदेखि २५ वर्ष उमेरसम्मका ४० जनाको सहभागीता रहेको थियो ।