एजेन्सी ।
भारतमा पछिल्लो २४ घण्टामा थप ३ हजार ६४१ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २० हजार २१९ पुगेको छ । हाल देशमा दैनिक सङ्क्रमण दर ६.१२ रहेको छ भने साप्ताहिक सङ्क्रमण दर २.४५ प्रतिशत रहेको छ।
यही अवधिमा थप ११ जना सङ्क्रमितले ज्यान पनि गुमाएका छन् । भारतमा हालसम्म कोभिड–१९ बाट ५ लाख ३० हजार ८९२ जनाको मृत्यु भइसकेको छ । मन्त्रालयले देशमा हालसम्म कूल सङ्क्रमितको सङ्ख्या ४ करोड ४७ लाख २६ हजार २४६ पुगेको जानकारी दिएको छ ।
– इन्डिया टुडे
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??